Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता दोश्रो दिन : प्रदेश न २ र प्रदेश न ७ बिजयी !

बैशाख १४, क्रिकेट हिमालय

टि यु मैदानमा जारी यु-१६ नेस्नल क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा प्रदेश न २ र प्रदेश न ७ बिजयी भएका छन ।

पहिलो खेल : प्रदेश न २ भर्सेस प्रदेश न ४

प्रदेश न २ र ४ बिच सम्पन्न पहिलो खेलमा टस जितेर प्रदेश न ४ ले फर्स्ट ब्याटिङ गरेको थियो । प्रदेश न ४ ले २८.३ ओभरमा १० विकेट गुमाउदै १०० रन बनाएको थियो । प्रदेश न ४ का लागि दिपेन्द्र श्रीस ०(६), सोहेल कुवर ०(६), अनित बराल २९(७५), इसान श्रेष्ठ २३(२८), मेख ब सेन २(२), रहमत अन्सारी ६(१६), सचिन अधिकारी ७(१८), किरण पौडेल ०(१), प्रेम गुरुङ ५(१२), कृश्न पौडेल ७(४) र सुजन गौतम २*(३) रन बनाएका थिए । प्रदेश न २ को लागि निखिल सिंह ४ विकेट, बिबेक यादब ३ विकेट, ब्यास यादब २ विकेट र सम्साद मन्सुरिले १ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको प्रदेश न २ ले १३.५ ओभरमा ३ विकेट गुमाउदै १०१ रन बनाएपछि ७ विकेटले बिजयी रह्यो । प्रदेश न २ का लागि इमरान सेख ३३(२९), साहिल पटेल ६(११), त्रीत राज दास २८(२३), अमीत यादब ६*(१०), सुजित साह १३*(११) रन बनाएका थिए । प्रदेश न ४ का लागि किरण पौडेल, सुजन गौतम र प्रेम गुरुङले समान १/१ विकेट लिएका थिए ।

प्रदेश न २ का निखिल सिंह ४ विकेट लिदै म्यान अफ द म्याच भएका थिए ।

दोश्रो खेल : प्रदेश न ५ भर्सेस प्रदेश न ७

टस जितेर फर्स्ट ब्याटिङ गरेको प्रदेश न ७ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउदै १७० रन बनाएको थियो । प्रदेश न ७ को लागि राजन सिंह ३७(५९), गजेन्द्र सिंह बोहरा ६(८), सुवास अयेर २०(२६), रोसन सावद ४(१२), राहुल भन्डारी १३(२९), बिनोद खत्री ५२(३७), नारायण जोशी १२(५), मनोज लोथ्याल ०(१), हिदय बिठारी ५*(३), नरेन्द्र सावद १(१) रन बनाएका थिए ! प्रदेश न ५ का तर्फबाट राहुल कु लुनिया र नबिन भट्टराईले समान २/२ विकेट र सोम सर्माले १ विकेट लिएका थिए । मध्यम लक्ष पछ्यायको प्रदेश न ५ सुरुवात बलियो गरेपनी मध्यक्रम धर्मराउदा २३.४ ओभरमा अल आउट हुँदै ९८ रन मात्र बनाउन सफल भएपछी खेल ७२ रनले हार्यो । प्रदेश न ५ का कुसल मल्ल ३२(२३), बिपिन न्यौपाने १२(२५), अमीत कौसिला ०(१), बिसाल बिक्रम के सि १७(३४), सिजन मकाजु ६(१०), सन्दिप के सि ०(१), दिपेन्द्र राउत १(३), सोम सर्मा १(३), राहुल कु लुनिया १६(३४), नबिन भट्टराई १(६), रमेस कुर्मी २*(३) रन बनाएका थिए । प्रदेश न ७ का बलर नारायण जोशी र नरेन्द्र सावदले समान ३/३ विकेट र सुबास अयेर र मनोज लोथ्यालले समान १/१ विकेट लिएका थिए ।

प्रदेश न ७ का नरेन्द्र सावद म्यान अफ द म्याच भएका थिए ।