Cricket Himalaya
Cricket News From Top of The World

नेपाल पुलिस क्लब दिपक गुप्ता मेमोरियल टि-२०, जनकपुरको फाइनलमा प्रबेश

बैशाख १४, क्रिकेट हिमालय

तेस्रो दिपक गुप्ता स्मृति टि-२० प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबले सोनेट क्रिकेट क्लब, भारत बिरुद्ध २८ रनको जित हात पार्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । जनकपुरको बाह्रबिग्घा मैदानमा टस हार्दै फर्स्ट ब्याटिङ गरेको नेपाल पुलिस क्लब निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४७ रन बनाउन सफल भएको थियो । प्रतिउत्तरमा १४८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कानपुर टोलि सोनेट १९.४ ओभरमा मा सबै १० विकेट गुमाएर कुल ११९ रन मात्र बनाउन सफल भएको थियो ।

म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका सुनिल धमला भएका थिए ।

स्कोर कार्ड

स्कोर कार्ड श्रोत : लक्षमन मुखिया