Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन स्मृति यु-१६ राष्ट्रिय प्रतियोगिता पहिलो दिन : प्रदेश न ३ बिजयी !!

बैशाख १३, क्रिकेट हिमालय

मनमोहन मेमोरियल क्रिकेट केन्द्र द्वारा टि यु मैदानमा आयोजित “यु-१६ मनमोहन मेमोरियल रास्ट्रीय क्रिकेट प्रतियोगिता” को पहिलो दिन प्रदेश न ३ ले प्रदेश न २ लाई २ विकेटले पराजित गरेको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको प्रदेश न १ ले निर्धारित ३० ओभर खेल्दै ६ विकेटको छतिमा ११९ रन बनाएको थियो । प्रदेश न १ का लागि राजन मगर ० (३), लब कामत १ (१३), अन्कित श्रेष्ठ ० (२), अबिसेख बराल २० (४२), नबनित कर्ण ० (११), बिबेक मेहता ५६* (६५), दिपेस कडेल २४* (३७) रन बनाएका थिए ! प्रदेश न ३ का तर्फबाट प्रतिस जि सि ले ४ विकेट, गौरब कटुवालले १ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको प्रदेश न ३ दिपक बोहरा ६ (८), आइस भट्टराई १० (१५), असोक पौडेल २४ (५२), सम्भव श्रेष्ठ १२ (१५), सुसान्त कार्की ३२ (२८), सन्देस कार्की १ (२), अबिसेख बस्नेत १९* (३२), अदित सुवेदी १ (१), प्रतिस जि सि ० (१), बिपुल खनाल ८* (१४) को सहयोगमा २८ ओभरमा ८ विकेट गुमाउदै १२० रन बनाएपछि २ विकेटले बिजयी रह्यो । प्रदेश न १ का तर्फबाट लब कामत, दिपेस कडेल, श्रवन किस्कु, समीर तिमिल्सिना, बिबेक मेहताले समान १/१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच ४ विकेट लिन सफल प्रतिस जि सि भएका थिए ।