Cricket Himalaya
Cricket News From Top of The World

रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुर्नामेन्ट जेष्ठ ४ बाट सुरु हुने !!

बैशाख १३, क्रिकेट हिमालय

बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश नं. ६ को राजधानी सुर्खेतमा जेस्ठको ४ गते देखी रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुनामेन्ट, प्रदेशको इतिहासमै पहिलोपटक भव्य रुपमा आयोजना गर्न गईरहेको छ । नेपाल क्रिकेट संघ निलम्बन भएको अवस्थामा यस कर्णाली प्रदेशमा खासै क्रिकेट गतिविधिहरु नभएको अवस्था छ । कर्णाली प्रदेशमा नेपाल क्रिकेट संघको आधिकारिक मान्यता सुर्खेत जिल्लाले मात्र पाएकोछ । भविष्यमा प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता हुने भएकोले यस प्रदेशलाई पनि क्रिकेट नगरीको रुपमा विकास गर्नुपर्छ र क्रिकेटमा खासगरी यस क्षेत्रबाट नयाँ पुस्ताको आगमन र नयाँ क्षमतावान खेलाडीहरुको पहिचान होस भन्ने हेतुले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी आयोजकले दिएको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानमा आयोजना गरिने यस प्रतियोगितामा देशका प्रतिष्ठित दश (१०) वटा क्लवहरुको सहभागिता रहनेछ । राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरिसकेका चर्चित खेलाडीहरुको समेत सहभागिता रहने हुनाले यो प्रतियोगिता कर्णाली प्रदेशमै ऐतिहासिक र महत्वपूर्ण रहनेछ भन्ने विश्वास आयोजकको छ साथै क्रिकेट संस्कृतिको विकास र खेलाडीको मनोबल बढाउन यो प्रतियोगिता कोशेढुंगा सावित हुने जनाईएको छ ।

प्रतियोगिताको हाइलाइट

१. बिजेताले रु ३ लाख सहित ट्रफी प्राप्त गर्नेछ ।

२. उप बिजेताले रु १ लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ ।

३. प्रत्यक्ष खेल मैदानमै उपस्थित भएर खेल हेर्ने दर्शकहरु मध्ये एक जनाले लक्की ड्र मार्फत रु १ हजार प्राप्त गर्नेछ ।

४. हरेक खेलको म्यान अफ द म्याचले रु २५०० र ट्रफी, बेस्ट ब्याट्सम्यान र बलरले जनही रु १० हजार र ट्रफी, म्यान अफ द सिरिजले रु २५ हजार र ट्रफी प्राप्त गर्ने गर्नेछन ।