Cricket Himalaya
Cricket News From Top of The World

तेश्रो ईटहरी टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता बैशाख २९ देखी हुने !!

सेभेन स्टार क्लब, ईटहरीको आयोजना र किसान कल्याण बचत तथा सहकारी सन्स्थाको सह आयोजनामा यही बैशाख २९ देखि जेष्ठ ५ गते सम्म नेपाल डि.भि.एम. ग्लोबल स्कुल, इटहरी -९ को खेल मैदानमा “तेश्रो ईटहरी टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता” हुने भएको छ ।

कुल ८ टिमहरु नेपाल पुलिस क्लब, काठमान्डौ, महाकाली क्रिकेट क्लब, महेन्द्रनगर, बिराटनगर, काकरभिट्टा, सप्तरी, इलाम, इनरुवा र आयोजक सेभेन स्टार क्लब को सहभागिता उक्त प्रतियोगितामा हुनेछ ।

उक्त प्रतियोगिताको बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ७५ हजार प्राप्त गर्नेछ, उप बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ४० हजार प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले रु १० ह्जार सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट बलर र ब्याट्सम्यानले रु ५/५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रत्यक खेलको म्यान अफ द म्याचले रु १५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।


सेभेन स्टार क्लब अध्यक्ष बिनोद घिमिरे
“सिमित श्रोत, साधन तथा क्रिकेट खेलको भौतिक पुर्बाधारको कमजोर अवस्थामा रहेको इटहरीमा यस्ता खालको प्रतियोगिताले सम्बन्धित सरोकारवालाहरुलाई ईटहरी उ.म.न.पा. भित्र एउटा छुट्टै क्रिकेट मैदान निर्माणको आवस्यकता अपरिहार्य रहेको सन्देश दिन मद्धत पुर्याउछ भने १ न प्रदेश भावी राजधानी तथा स्पोर्ट्स सिटिको रुपमा बिकसित हुन लागिरहेको ईटहरी उ.म.न.पा. को चिनारी देश विदेशमा समेत गराउनेछ”