Cricket Himalaya
Cricket News From Top of The World

नेपालले निकट भबिस्यमा खेल्ने ७ अन्त्ररास्ट्रीय प्रतियोगिताहरु !!

बैशाख ११, क्रिकेट हिमालय

मोहन ज्ञवाली

नेपाली क्रिकेटका अबका केही अन्तराष्ट्रिय खेलहरु !

ACC Event

१) Mens Asia Cup Qualifier india 2018 September

यो क्वालिफाएर सेप्टेम्बर महिनामा ईन्डियामा हुनेछ जहाँ एसियालि एसोसिएट राष्ट्रहरु नेपाल, हङकङ, यु ए ई, मलेसिया, सिङ्गापुर र ओमान खेल्नेछन । बिजेता टिमले सोही महिना ईन्डियामा हुने एसिया कपमा छनोट हुनेछ जहाँ बिजेता र एसियाका पाच टेस्ट राष्ट्र गरि ६ टिम एसिया कप खेल्नेछन ।

२) Mens Youth Asia Cup Bangaladesh 2018 October

यो प्रतियोगिता आगामी अक्टोबरमा बङलादेशमा हुनेछ जहाँ ८ देसका यु-१९ टिम खेल्नेछन, नेपाल, यु ए ई, हङकङ र बाकी ५ एसियालि आईसिसी फुल मेम्बर देशको सहभागी हुनेछ, खेल ५० ओभरको हुनेछ ।

३) ACC Eastern Region Qualifier 3-10 Oct Malaysia

विश्वकप छनोट २०२० यो जर्नीको रूपमा रहेको यो प्रतियोगिता ३, १० अक्टोबर मा मलेसियामा हुदैछ जहाँ पुर्बी एसियालि देश हरु खेल्नेछन । सो प्रतियोगिताको उत्कृष्ट ३ देशले पुन ग्लोबल क्वालिफाएरको लागि एसिया फाइनल छनोट लिग खेल्नेछन, फाइनल एसिया छनोटको टप टु (Top 2) टिम ग्लोबल क्वालिफाएर को लागि छनोट हुनेछन ।

४) Men,s Emerging Team,s Asia Cup December 2018

यो प्रतियोगिता कुन देशमा हुने अझै कन्फर्म भएको छैन यो प्रतियोगितामा नेपाल सहभागी हुन एसिया कप क्वालिफाएरमा छनोट हुन पर्नेछ अर्थात् एसिया कप छनोट हुने देशले यो प्रतियोगिता खेल्न पाउनेछ साथै यो प्रतियोगितामा एसियालि टेस्ट देशका यु-२३ उमेरको टिम सहभागी हुने छ भने एसोसिएट देशको सिनिएर टिमले सहभागीता जनाउने छ ।

ICC Event

५) ICC World T20 2020 Australia (Qualifier)

यो प्रतियोगिता कुन देशमा हुने अझै कन्फर्म भएको छैन । नेपाल यो क्वालिफायरमा सहभागी हुन ACC Eastern Region क्वालिफाएरको टप ३ (Top 3) हुँदै फाइनल एसिया क्वालिफाएर को टप टु (Top 2) मा रहदै ग्लोबल क्वालिफाएर जानेछ जहाँ ICC Ranking र ICC विभिन्न Region Event बाट छनोट भएका गरि कुल १४ टिमको सहभागीता हुनेछ भने २०२० को विश्वकपमा ६ टिम छानिनेछन ।

Future Big Event

६) ICC WCLC 2019/21

*

7) ICC IC 2019/21

*

* अन्तिम का यी दुई प्रतियोगिताकमा ICC ले अझै केही सुचना निकालेको छैन, नेपाल विश्वकप छनोट २०१९ प्रतियोगितामा एसोसिएट अन्तर्गत टप ३ (Top 3) मा पर्दै ODI मान्यता पाए लगत्तै यी दुई खेल खेल्ने लगभग निश्चित जस्तो नै छ ।