Cricket Himalaya
Cricket News From Top of The World

दिपक गुप्ता मेमोरियल टि-२० पाचौ दिन : सोनेट क्रिकेट क्लब र ए पि एफ बिजयी !

बैशाख ११, क्रिकेट हिमालय

जनकपुरमा जारी दिपक गुप्ता मेमोरियल T20 क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारतिय क्लब सोनेट क्रिकेट क्लब र बिजयी भयका छन !

पहिलो खेल : सोनेट क्रिकेट क्लब भर्सेस त्रिभुवन आर्मी क्लब

टस जितेर फर्स्ट ब्याटिङ गरेको सोनेटले शिभम दिक्छितको ४३ (२५) रन, रिसभ राईको २४ (३३) रनको सहयोगमा निर्धारित १५ ओभर खेल्दै ७ विकेटको छतिमा १०३ रन बनाएको थियो । आर्मिका तर्फबाट सोमपाल कामी, जितेन्द्र मुखिया, बिक्रम सोब, सुसन भारी, सागर पुन सबैले समान १/१ विकेट लिएका थिए । न्यून लक्ष पछ्यायको आर्मी पुरै १५ ओभर खेलेर ७ विकेट गुमाउदै मात्र ९९ रन बनायपछी ४ रनले पराजित रह्यो । आर्मिका नरेस बुडायेरले ३० (३१) रन, सागर पुनले २३ (१३) रन, बिक्रम सोब १६*(६) रन, राजेस पुलामीले १० (१३) रन बनाएका थिए । सोनेटका सुभम दिक्छित र अदेस कुमारले समान २/२ विकेट लिएका थिए । अल राउन्ड प्रदसन गर्ने सोनेटका सुभम दिक्छित म्यान अफ द म्याच भएका थिए ।

दोश्रो खेल : ए पि एफ भर्सेस बिराट क्रिकेट सोसाइटी

टस जितेर फर्स्ट ब्याटिङ गरेको बिराटले २० ओभरमा ९ विकेट गुमाउदै ११७ रन बनाएको थियो । बिराटका लागि मिनस थापा २९ (३१), दिपेन्द्र चौधरी २३ (२७), फिर्दोश अन्सारी १७ (१९), मेहबुब आलम १२ (८) रन बनाएका थिए । ए पि एफ का भुवन कार्की र इर्साद अहमदले समान ३/३ विकेट लिएका थिए । लक्ष पछ्याउदै दोश्रो ब्याटिङ गरेको ए पि एफ अनिल साह २१ (२४), सन्दिप जोरा ५६* (४४), प्रनित थापा मगर १७* (१०), भुवन कार्की १४ (१३) को सहयोगमा ४ विकेट गुमाउदै १८ ओभरमा १२१ रन बनाएपछि ६ विकेटले बिजयी रह्यो । बिराटका लागि दिपेस कन्डेलले ३ विकेट लिएका थिए । ए पि एफ का सन्दिप जोरा म्यान अफ द म्याच भएका थिए ।

पोइन्ट टेबल