Cricket Himalaya
Cricket News From Top of The World

मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा !!

बैशाख ११, क्रिकेट हिमालय

मनमोहन मेमोरियल क्रिकेट केन्द्रले यहि बैशाख १३ -१९ सम्म किर्तिपुर स्थित टि यु क्रिकेट मैदानमा “यु-१६ मनमोहन मेमोरियल अन्तर प्रदेस रास्ट्रीय क्रिकेट प्रतियोगिता” सन्चालन गर्दैछ । उक्त प्रतियोगितामा ७ प्रदेशका टिमहरु सहभागी हुनेछन । सबै प्रदेशमा प्रदेश स्तरिय छनोट सम्पन्न भै सकेको र छनोट प्रतियोगितामा १२०० भन्दा बढी क्रिकेट खेलाडिको सहभागीता रहेको जानकारी आयोजकले दिएको छ । प्रतियोगिताको उदघाटन बैशाख १३ गते ११ बजे हुनेछ भने पहिलो खेल सोही दिन १२:३० बजे प्रदेश न १ र ३ बिच हुनेछ । एक दिनमा ३० ओभरका २ खेल हुनेछन । सेतो जर्सीमा खेल हुनेछ । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद र खेल सामग्री सहित रु ५ लाख बराबरको पुरस्कार, मेडल र ट्रफी पाउने छन भने दोश्रो हुनेले रु २ लाख ५० हजार बराबरको पुरस्कार प्राप्त गर्ने छन ।

ग्रुप बिभाजन

खेल तालिका