Cricket Himalaya
Cricket News From Top of The World

नेपालगन्ज कप : दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज फाइनलमा !

बैशाख १०, क्रिकेट हिमालय

आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटको उपाधिका लागि एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन !

आठौ दिनमा लिग चरणका अन्तिम खेलहरु अन्तर्गत दङाली गोर्खाज र बर्दिया टाइगर्स बिजयी भएका छन !

पहिलो खेल

टस जितेर पहिले ब्याटिङ गरेको पाल्पा योद्याजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । पाल्पाका लागि ओपनर प्रकाश केसीले ३०, अनुपम सिंहले २३ तथा भिम धमलाले १६ रन बनाए । दंगाली गोर्खाजका लागि संदिप सुनार तथा शाहिद अन्सारीले समान २ विकेट लिए । जवाफमा ११४ रनको लक्ष्य दंगाली गोर्खाजले १४.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । दंगालीको जितमा सदाब अन्सारीले आक्रमक ब्याटिंग गर्दै ३३ बलमा ५० रन बनाए। त्यस्तै मनोज सुनारले २१, सद्दाम हुस्सैनले १७ तथा कप्तान संदिप सुनारको ११ रन योगदान गरे । पाल्पाका लागि कप्तान सिद्दान्त राज शाही, यश हमाल तथा प्रकाश केसीले समान १ विकेट लिए । दंगाली गोर्खाजका सदाब अन्सारी खेलको म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेल

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी यात्रीजे २० ओभर खेल्दै १७१ रन जोडेको थियो । लुम्बिनी यात्रीजका कप्तान कृष्ण कार्कीले ४६, सुरज दराईले ३१ तथा आदिल खानले ३० रन बनाएका थिए । बर्दियाका आकाश विष्ट, जितेन्द्र सिंह ठकुरी, भरत थापाले समान २ विकेट लिए । १७२ रनको लक्ष्य बर्दिया टाईर्गसले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । बर्दिया टाईर्गसका राजविर सिंहले प्रतियोगिताकै उच्च स्कोरका रुपमा ६९ रन जोडे भने कप्तान सुवेन्दु पाण्डेले ४८ तथा आकाश विष्टले ३५ रन जोड्दै टिमलाई जित दिलाए । बर्दिया टाईर्गसका राजविर सिंह म्यान अफ द म्याच घोषित भए ।


प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ । विजेताले १ लाख १० हजार तथा उपविजेताले ६० हजार पाउने छन् ।