Cricket Himalaya
Cricket News From Top of The World

दिपक गुप्ता मेमोरियल टि-२० चौथो दिन : फोनिक्स क्रिकेट क्लब र त्रिभुवन आर्मि क्लब बिजयी !

बैशाख १०, क्रिकेट हिमालय

जनकपुरमा जारी दिपक गुप्ता मेमोरियल T20 क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न चौथो दिनका खेलहरुमा फोनिक्स क्रिकेट क्लब र बिजयी भएका छन !

पहिलो खेल : फोनिक्स क्रिकेट क्लब, आसाम भर्सेस युनाइटेड क्रिकेट, बिरगन्ज

टस जितेर फर्स्ट ब्याटिङ गरेको फोनिक्स रजिन्दर लालको ५० (५५) रनको सहयोगमा निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमायेर १४१ रन बनाउन सफल भएको थियो । युनाइटेडका तर्फबाट रसिद खान, राजा सिंह र हसिम अन्सारिले समान १/१ विकेट लिएका थिए । दोश्रो ब्याटिङ गरेको युनाइटेड २० ओभरमा ९ विकेटको छतिमा १३९ रन मात्र बनाउन सफल भएपछी साघुरो २ रनको पराजय बेहोर्न बाध्य भयो । युनाइटेडका इसान पान्डेले २८ (२२), राजा सिंहले २४ (३४), आसु कन्डोइले २३ (२४) रन बनाएका थिए । फोनिक्सका बिकास छेत्रीले २ विकेट लिएका थिए । फोनिक्स क्रिकेट क्लब, आसामका रजिन्दर लाल म्यान अफ द म्याच भएका थिए ।

दोश्रो खेल : ससस्त्र प्रहरीको ए पि एफ भर्सेस आर्मिको टि ए सि

टस हारेर फर्स्ट ब्याटिङ गरेको ए पि एफ १९.५ ओभरमा अल आउट हुदै मात्र ७६ रनमा समेटिएको थियो । ए पि एफ का अनिल साह ३ (९), सन्दिप जोरा ८ (१८), रोहित पौडेल ११ (१३), प्रनित थापा १३ (१९), पवन सर्‍आफ १ (७), भुवन कार्की १२ (१८) को योगदान दिएका थिए । टि ए सि का साहब आलमले ५ विकेट लिएका थिए । दोश्रो ब्याटिङ गरेको टि ए सि सागर पुनको आक्रमक ५७ (३४), राजु रिजाल १५ (३०) को सहयोगमा मात्र १ विकेट गुमाउदै ११ ओभरमा लक्षमा पुगेको थियो । ए पि एफ का पवन सराफको नाममा १ विकेट रहेको थियो । टि ए सि का साहब आलम म्यान अफ द म्याच भएका थिए ।