Cricket Himalaya
Cricket News From Top of The World

दिपक गुप्ता मेमोरियल टि-२० तेश्रो दिन : युनाइटेड क्रिकेट क्लब र नेपाल पुलिस क्लब बिजयी !

बैशाख ९, क्रिकेट हिमालय

रङभुमी मैदान जनकपुरमा जारी दिपक गुप्ता मेमोरियल T20 क्रिकेट प्रतियोगिताको आज सम्पन्न खेलहरुमा युनाइटेड क्रिकेट क्लब र नेपाल पुलिस क्लब बिजयी भएका छन !

पहिलो खेल

टस हारेर फर्स्ट ब्याटिङ गरेको युनाइटेड क्रिकेट क्लब आरजब राइको ३६ (२८), आँसु कन्डोइको २४ (२९), राजा सिंहको ४६ (३३), हसिम अन्सारिको नटआउट ३६ (२८) रनको सहयोगमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको छतिमा १५७ रन बनाएको थियो । जनकपुर क्रिकेट टिमका मोहम्मद सम्साद सेखले ३ विकेट लिएका थिए । लक्ष्य  पछ्याएको जनकपुर क्रिकेट टिम २० ओभर खेल्दै ८ विकेट गुमायर ११७ रन मात्र बनायपछि ४० रनले पराजित भयो । जनकपुर क्रिकेट टिमका हरि सन्कर साहले २८ (२७), सन्कर रानाले ४७ (५२) रन बनाएका थिए । युनाइटेड क्रिकेट क्लबको तर्फबाट सैदुल्लाह अन्सारी र हसिम अन्सारिले समान ३/३ विकेट लिएका थिए । अलराउन्ड प्रदसन गर्ने युनाइटेड क्रिकेट क्लबका हसिम अन्सारी म्यान अफ द म्याच भएका थिए ।

दोश्रो खेल

टस जितेर फर्स्ट ब्याटिङ गरेको नेपाल पुलिस क्लब सुनिल धमलाको २७ (२३) रन, दिलिपनाथको ४५*(२७) रन, आरिफ सेखको २३ (१२) रनको सहयोगमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । फोनिक्स क्रिकेट क्लब, भारतका ५ जना बलरले समान १/१ विकेट लिएका थिए । नेपाल पुलिस क्लबका सुनिल धमला र दिपेन्द्र एरिले समान २/२ विकेट लियेपछी फोनिक्स ८ विकेट नै गुमाउदै १२८ रनमा समेटियेपछि ३४ रनले पराजित भयो । फोनिक्सका लागि भरत नेवार २५ (२५) रन, राजपौल साइकियाले ३७* (२३) रनको योगदान दिएका  थिए  ।