Cricket Himalaya
Cricket News From Top of The World

नेपालगन्ज कप छैठौ दिन : लुम्बिनी यात्रीज र दङाली गोर्खाज बिजयी !

बैशाख ८, क्रिकेट हिमालय

नेपालगन्ज कपको छैठौ दिन अन्तर्गतका खेलहरुमा एबरोल टी एम टी लुम्बिनी यात्रीज र एन आइ सि एसिया दङाली गोर्खाज बिजयी भयका छन !

पहिलो खेल

टस जितेर पहिला ब्याटिंग रोजेको पाल्पा योद्याजले २० ओभर पुरा खेल्दै ४ विकेटके क्षतिमा १४४ रन बनाएको थियो । रीत गौतमले ३२ रन, अनुपम सिंहले १० रन, प्रनित थापा मगरले २८ बल खेल्दै अर्र्धशतक, दिपेन्द रावत र सिद्दान्त राज शाहीले समान २० रन बनाएका थिए । एबरोल लुम्बिनी यात्रीजका लागि कुशल मल्ल र निजामुद्दिन हल्वाईले समान १, १ विकेट लिएका थिए । १४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टी एम टी लुम्बिनी यात्रीले १८.२ ओभरमा ६ विकेट गुमाउदै जित दर्ता गरेको थियो । लुम्बिनीका लागि ओपनर आदिल खानले २१ बलमा ३५ रन,विशाल खत्रीले २९ रन र कुशल मल्लले १८ रन, बासिर अहमदले १४ बल खेल्दै ३१ रन बनाउदै टिमलाई जित दिलाएका थिए । त्यस्तै आठौ नम्बरमा आएका निजामुद्दिन हल्वाईले ४ बलमा १२ रन बनाएका थिए । एबरोल टि एम टी लुम्बिनी यात्रीजका बासिर अहमद म्यान अफ द म्याच घोषित भए ।

दोश्रो खेल

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरले निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेटको क्षति १३२ रन जोडेको थियो । बांकेका लागि विशाल के.सिले २४ बलमा ३९ रन बनाए भने रोमन बलमे २९ रन तथा महेश क्षेत्रीले २६ रन बनाए । एन आई सि एसिया दंगाली गोर्खाजका लागि कप्तान संदीप सुनारले २ विकेट लिए । १३३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको एन आई सि एसिया दंगाली गोर्खाजले १८ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको हो । दंगाली गोर्खाजका लागि आक्रमक ब्याटिंग गर्दै हरि क्षेत्रीले मात्र १५ बलमा ४२ रन बनाए ।त्यस्तै मनोज सुनारले ३९ बल खेल्दै ३९ रन र सदाम अन्सारीले २० बलमा २८ रन बनाए । एन आई सि एसिया दंगाली गोर्खाजका हरि क्षेत्री म्यान अफ द म्याच घोषित भए ।


आर्शिवाद पेन्ट्स नेपालगन्ज कपमा ६ वटा टिम रहेका छन् । जस अन्तर्गत शीर्ष स्थामा ४ खेलमा ३ जित दर्ता गर्दै पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज पहिलो स्थानमा रहेको छ भने ४ खेलमा ३ जित संगै एन आई सि एसिया दंगाली गोर्खाज रहेको छ । त्यसै गरि तेस्रो स्थानमा ३ खेलमा ३ जित दर्ता गर्दै एबरोल टी एम टि लुम्बिनी यात्रीज र चौथो स्थानमा अर्घाखाची सिम्न्ट्स बर्दिया टाईर्गस,पाचौ स्थानमा जिसान बांके ब्लास्टर र पुछारमा आर्शिवाद पेन्ट्स पाल्पा योद्याज रहेका छन् ।


आईतवार हुने खेल एबरोल टी एम टी लुम्बिनी यात्रीज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच र अर्घाखाची सिमेन्टस बर्दिया टाईर्गस र जिसान बांके ब्लास्टर बिच हुने आयोजकले जनाएको छ ।