Cricket Himalaya
Cricket News From Top of The World

दिपक गुप्ता मेमोरियल टि-२० को पहिलो दिन : ललित भन्डारिको ५ विकेटको सहयोगमा नेपाल पुलिस क्लबको बिजयी सुरुवात !

बैशाख ७, क्रिकेट हिमालय

धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आज देखि जनकपुरमा दीपक गुप्ता स्मृति T20 क्रिकेट ( डिजिएमटी – T20) प्रतियोगिता सुरु भयको छ । दिपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन प्रदेश नं २ को मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको थियो । आज नेपाल पुलिस क्लब र जनकपुर क्रीकेट क्लब बिच एक मात्र खेल सम्पन्न भयको थियो । फर्स्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नेपाल पुलिस क्लबले १६३ रन बनायको थियो । पुलिस क्लबको तर्फबाट आरिफ सेखले ३३ बलमा ४८ रन, दिपेन्द्र सिंह एरिले २० बलमा ३१ रन, मन्जित श्रेस्ठले १८ बलमा २५ रन बनायका थिय । लक्ष पछ्याउदै दोश्रो ब्याटिङ गरेको जनकपुर क्रीकेट क्लब ८८ रनमा समेटियेपछी ७५ रनले नेपाल पुलिस क्लब बिजयी रहेको थियो । नेपाल पुलिस क्लबका ललित भण्डारिले सार्वधिक ५ बिकेट लियेका थिय दिपेन्द्र ऐरी र राम नरेस गिरिले समान दुई बिकेट लियेका थिय । रास्ट्रीय टिमका कप्तान पारस खडका यो प्रतियोगिताको ब्रान्ड एम्बेसडर रहेका छन । डीजीएमटीको पहिलो संस्करण २०६९ सालमा र दोस्रो संस्करण २०७१ सालमा भए पनि विचमा यो प्रतियोगिता विभिन्न कारणले रोकिएको थियो । ५० लाख रुपैयाँ बजेटमा संचालन हुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र दोस्रो हुनेले एक लाख ७१ हजार पाउनेछन । पहिलो र दोस्रो संस्करणमा म्याट ओछ्याएर गरिएको प्रतियोगिता यो वर्ष भने टर्फ विकेटमा हुदैछ ।

 

जनकपुर क्रिकेट टिम, बिरगन्ज युनाइटेड क्रिकेट क्लब, बिराटनगर क्रिकेट सोसाइटी, ससत्र प्रहरी क्रिकेट टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, फोनिक्स क्रिकेट क्लब आसाम र सोनेट क्रिकेट क्लब यु पि कुल ८ टिम दिपक गुप्ता मेमोरियल T20 क्रिकेट प्रतियोगिता रहेका छन ।