Cricket Himalaya
Cricket News From Top of The World

नेपालगन्ज कप दोश्रो दिन : टि एम टि लुम्बिनी यात्रीज र एन आइ सि एसिया दङाली गोर्खाज बिजयी !!

बैशाख ४, कोहलपुर

नेपालगन्ज कप अन्तर्गत आज दोश्रो दिनको खेलहरुमा लुम्बिनी यात्रीज र बिजयी भएका छन ।

पहिलो खेल

आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको मंगलवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीजले जित हासिल गरेको छ । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो म्याचमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले ६ विकेटले जितेको छ । पहिलो खेलमा टस जितेर एबरोल टि एम टी लुम्बिनी यात्रीजले फिल्डिंग रोजेको थियो । पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरको सुरुवात गरेको थियो । जिसान बांके ब्लास्टरका कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदिप नेपाली र अख्तर हुसैनले क्रमस १३, १३ रन बनाएका थिए । छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाडंले भने आर्कमक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए । जस्मा ८ वटा छक्का र एउटा चौका प्रहार गरेका थिए । निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै जिसान बांके ब्लास्टरले १३८ रन बनाएको थियो । एबरोल टी एम टी लुम्बिनी यात्रीजका लागि सुनिल सुनार,बासिर एहमद र निजामुद्दिन हल्वाईले २,२ विकेट लिन सफल भए । १३९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टी एम टी लुम्बिनी यात्रीजले ७ बल अगाडी विजय प्राप्त गरेको थियो । जस्का लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाएका थिए । जिसान बांके ब्लास्टरका लागि गोपाल सिंहले २ विकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका एबरोल टी एम टी लुम्बिनी यात्रीजका ६६ रन बनाएका विशाल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।

दोस्रो खेल

एन आई सि एसिया दंगाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरेको छ । दंगाली गोर्खाजले पहिले टस जितेर फिल्डींग रोजेको थियो । पहिलो ईनिडंग्समा ब्याटिंगमा उत्रेको पप्पुु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजका लागि भने राम्रो सुरुवात रहेन । कप्तान सौरभ खनालले ३८ बल खेल्दै ३६ रन बनाए भने रोल्पाका उप कप्तान तथा विकेट किपर सम्मसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए । अन्य ७ ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । दंगाली गोर्खाजको निकै आक्रमक फिल्डींगमा बलर सागर ढकालले ४ विकेट तथा बिष्णु कटारियाले ३ विकेट लिए । १८.५ ओभरमा आफनो सम्पुर्ण विकेट गुमाउदै पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले ९५ रन बनाएको थियो । जवाफमा ९६ रनको विजय योगफल लिएर मैदानमा उत्रेको दंगाली गोर्खाजले आक्रमक ब्याटिंग गर्दै ओपनर संदिप सुनारले १९ बलमा ३६ रन बनाए भने उप कप्तान विनायक गिरी र सुजन पुनले समान १६ रन बनाए । १४ ओभरमा ४ विकेटको क्षतिमा दंगाली गोर्खाजले जित निकालेको हो । एन आई एसिया दंगाली गोर्खाजका सागर ढकाल म्यान अफ द म्याच घोषित भए ।

सोमवारबाट सुरु भएको आर्शिवाद पेन्ट्स नेपालगन्ज कपमा भोली हुने पहिलो खेल एबरोल टी एम टी लुम्बिनी यात्रीज र एन आई सि एसिया दंगाली गोर्खाज र दोस्रो खेल पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस बीच हुने टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए ।