Cricket Himalaya
Cricket News From Top of The World

क्यानको साधारणसभाको तयारी पूरा, ए जि एम ले लिने निर्णय अनुसार अघि बढिने !!

बैशाख ४, क्रिकेट हिमालय

नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा यहि बैशाख ६ र ७ गते हुने र सम्पुर्ण तयारी सकियेको जानकारी पत्रकार सम्मेलन मार्फत दियेको छ ।

पत्रकार सम्मेलन मार्फत गराइएको जानकारीहरु निम्न अनुसार छन ।

१. साधारणसभाले मस्यौदा बिधानका प्रस्ताव माथि गहन छलफल गरि एउटा टुङोमा पुग्ने ।

२. बर्तमान बिधानका केही ब्यवस्थाहरुमा संसोधन गरि अघि बढ्दा निलम्बन फुकुवा भै क्रिकेटले निकास पाउने अवस्थामा क्यान सबै लचकताका साथ प्रस्तुत हुनेछ ।

३. क्यान सदैब विधि र प्रक्रिया अनुसारै अघि बढेको र अब पनि सोही अनुसार अघि बढिने छ ।

४. साधारणसभाले गर्ने निर्णय अनुसारै क्यान अघि बढने ।

५. जिल्लामा केही बिबाद भए त्यो मनिटरिङ टिमले अनुगमन गर्नेछ ।

६. कोहि छुटफुट भएको भए क्राइटेरिया पूरा गरेर आउने मेम्बर्सले बिधानत सदस्यता प्राप्त गर्नेछ ।

७. अदालतको मुद्दाले यो प्रक्रियालाई असर गरेको छैन, हाम्रो राइटको लागि हालिएको हो, सबै सहजै अघि बढे यो फिर्ता हुनेछ ।

८. ए जि एम को सम्पुर्ण खर्च करिब ७ लाख आइ सि सि ले दिएको छ, यस अघिका साधारणसभाको खर्च क्यान आफै गरेको थियो ।

९. ए जि एम अघिको पत्रकार सम्मेलन किन भन्ने प्रश्नमा क्यान ट्रान्सप्यारेन्ट छ, हामी सम्पुर्ण प्रक्रिया ओपनली राख्न चाहन्छौ, प्रेसमा क्यान प्रती अलि भ्रम रहेको पाईएकोले पनि प्रेस मिट राखिएको हो ।

१०. जस्ताको तस्तै बिधान पारित हुने वा नहुने निर्णय साधारणसभामा निहित रहनेछ ।