Cricket Himalaya
Cricket News From Top of The World

नेपालगन्ज कप पहिलो दिन : बाके ब्लास्टर्स बिजयी

कोहलपुर, बैशाख ३

पुर्व युवा तथा खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलको प्रमुख अतिथ्यमा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा तेन्डी शेर्पाले बलिडं गर्दै तथा पुर्व मन्त्रीले ब्याटिंग गर्दै तथा नेकपा एमालेका यूवा नेता ठाकुर गैरेले विकेट किपिडं गर्दै आजबाट कोहलपुरमा “नेपालगन्ज कप” को उदघाटन भएको छ ।

प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेल जिसान बांके ब्लास्टरले जितेको छ । टस हारेर फर्स्ट ब्याटिङ गरेको आर्शिवाद पेन्ट्स पाल्पा योद्याज रीत गौतमले ५० बल खेल्दै ६३ रन, शरद खड्काले ३४ बल खेल्दै ३६ रन, प्रनित थापाले २४ रनको सहयोगमा निर्धारित २० ओभर खेल्दै १५३ रन बनाएको थियो । बांके ब्लास्टरका लागि अजय शाहानी तथा सोनु तामाडंले २ ,२ विकेट लिन सफल रहे । जवाफमा १५४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको जिसान बांके ब्लास्टर, ओपनिंग ब्याट्सम्यान तथा स्वयम कप्तान प्रजव्वत शाहीले ३३ बल खेल्दै ४२ रन, प्रेम तामाडंले ३७ बल खेल्दै ३२ रन बनाए भने सोनु तामाडंले १२ बल खेल्दै बिस्फोटक ३६ रन बनायपछि १८.२ ओभरमा ४ विकेटको क्षतिमा लक्षमा पुगेपछी ६ विकेटले जित निकाल्यो । आर्शिवाद पेन्ट्स पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालले २,२ विकेट आफनो नाममा पारे । बाके ब्लास्टर्सका सोनु तामाङ म्यान अफ द म्याच भएका थिए ।


भोलि हुने पहिलो खेल एबरोल लुम्बीनी यात्रीज र जिसान बांके ब्लास्टर बिच तथा दोस्रो खेल एन आई सि एसिया दंगाली गोर्खाज र पप्प’ कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच हुने छ ।