Cricket Himalaya
Cricket News From Top of The World

धनगढी प्रिमियर लिग – उपाधी धनगढी टिम चौराहाले जित्यो

चैत्र ३०, क्रिकेट हिमालय

धनगढी प्रिमियर लिगको उपाधिमा घरेलु टिम धनगढी टिम चौराहाले कब्जा जमाएको छ । फाइनलमा काठमाडौ काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टीम चौराह धनगढी लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग को च्याम्पियन बनेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । धनगढीको लागि विदेशी खेलाडी अस्फाक अहमदलाई ४ रन, सुनिल धमला ७८, रोहन मुस्तफाले ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धसतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहन सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहे । बलिङ तर्फ सुबोध भाटीले दुई विकेट लिए । जवाफमा काठमाडौ २० ओभरमा ८ विकेट गुमाउदा १६० रनमा रोकियो । काठमाडौका ओपनर सुबोध भाटी मात्र ५ रन, अमित श्रेष्ठ ५८, पुष्प थापा १५, मल्ल ३०, नरेश १९ र पटेलले २२ रन बनाए । बलिङ तर्फ रोहन मुस्तफाले दुई, ललित भण्डारीले ३ विकेट लिए । खेल को स्कोर कार्ड यहाँ क्लिक गरी हेर्न सक्नुहुनेछ । यसअघि गतवर्ष भएको पहिलो संस्करणको उपाधि पनि धनगढीले जितेको थियो । यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो । उपाधिसँगै चौराहाले २५ लाख रुपैया पायो भने उपविजेता काठमाडौले १० लाख रुपैयामा चित्त बुझायो ।