Cricket Himalaya
Cricket News From Top of The World

कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता नेपालगन्जमा शुरु !!

सुनिल रेग्मी

चैत २८ नेपालगन्ज

कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता नेपालगन्जमा शुरु भएको छ । बुधबार नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले रेफ्री बिक्रम श्रेष्ठलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा होलील्यान्ड उच्च मावि नेपालगन्ज विजयी भएको छ । उसले मोडन पब्लिक उच्च माविलाई ४४ रनले पराजित गर्दै विजयी शुरुवात गरे । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको होलील्याडले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । उसका लागि विजय चौधरीले ५३, अनिमेश शाहीले १४ रन बनाएका थिए । मोडनका बलर बिपुल शर्माले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको मोर्डन पब्लिकले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै मात्र ९६ रन मात्र बनाउन सक्यो । होलिल्यान्डका बलर सागर थापाले ३ तथा अरविन्द्र घिमिरेले २ विकेट लिए ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर राणाले स्थानीय स्तरको प्रतियोगिताहरुबाट प्रतिभावान खेलाडीहरु उत्पादन हुने बिश्वास ब्यक्त गरे । स्थानीय तहको निर्माणपछि नेपालगन्जमा पहिलो पटक मेयर कप नामले सो प्रतियोगिता संचालन हुन लागेको हो ।


नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संचालित सो प्रतियोगितामा ६ वटा कलेजको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालगन्जस्थित होलिल्याण्ड , मोर्डन उच्च माबि, एबिसी रेसिडेन्सियल स्कुल, होप ईन्टरनेशनल जिभिएन र बा्रईटल्यन्ड कलेज लगायतको सहभागिता रहेको छ ।


प्रतियोगितामा विहिवार होप ईन्टरनेशनल र ब्रइटल्यन्ड मावि तथा जि भि एन र मोडन विच खेल हुने छ ।

प्रतियोगितामा ६ कलेजको सहभागिता रहेको छ ।