Cricket Himalaya
Cricket News From Top of The World

धनगढी प्रिमियर लिग – हिजो दोस्रो क्वालिफायर्स स्थगित भएसँगै आज फेरी खेल्दै

चैत्र २९, क्रिकेट हिमालय

रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत हिजो भएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो क्वालिफायर खेल वर्षाका कारण स्थगित भएपछि आज फेरी हुने भएको छ । खेल आज ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।  हिजो टस हारेर ब्याटिंग गरेको युनाईटेडले २ ओभर सकिए हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन । सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो । भण्डारी र सेख क्रमश ३ र ४ रन बनाएर खेलिरहेका थिए । यी दुई टिमको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग खेल्नेछ ।