Cricket Himalaya
Cricket News From Top of The World

बर्दिया जिल्लास्तरिय यु-१६ क्रिकेट प्रतियोगिताको फाइनलमा डुम्रेनी युथ क्लब र बर्दिया क्रिकेट क्लब प्रबेश !

चैत्र २८, क्रिकेट हिमालय

तपेन्द्र जोशी, बर्दिया

ठाकुरबाबा क्रिकेट एसाेसियन, नेपाली क्रिकेट समर्थक समाज ( बर्दिया समन्वय समिति ) र बिकासप्रेमी युवा समुहकाे संयुक्त अायाेजनामा बर्दियाकाे भुरिगाउँस्थित शिहंबाहिनी मैदानमा यहि चैत्र २२ गतेदेखि भइरहेकाे “बर्दिया जिल्लास्तरी U16 क्रिकेट प्रतियाेगिता” काे फाइनल खेल यहि चैत्र ३० गते हुने भएकाे छ ।

प्रतियाेगिताकाे फाइनलमा डुम्रेनी युथ क्लब तथा बर्दिया क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियाेगितामा बर्दिया जिल्लाका बिभिन्न ८ वटा क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । लिग म्याचका अाधारमा खेलाईएकाे प्रतियाेगिताकाे समुद्घाटन ठाकुरबाबा नगरपालिकाकी उप मेयर कृष्णकुष्मा थारुले गर्नु भएकाे थियाे ।

प्रतियाेगिताकाे बिजेता टिमले रु १० हजार तथा उप बिजेताले रु ६ हजार नगद सहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।