Cricket Himalaya
Cricket News From Top of The World

धनगढी प्रिमियर लिग – काठमाडौ र महेन्द्रनगर खेलमा बर्षा बाधक

चैत्र २८, क्रिकेट हिमालय

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज भईरहेको काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण भोली को लागि सारीएको छ । टस हारेर ब्याटिंग गरिरहेको युनाईटेडले २ ओभर सकिए हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन । सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो । भण्डारी र सेख क्रमश ३ र ४ रन बनाएर खेलिरहेका थिए । खेल तालिकामा भोलो रिजर्व डे भएका कारण खेल भोलिका लागि सारिएको हो । यी दुई टिमको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग खेल्नेछ ।