Cricket Himalaya
Cricket News From Top of The World

धनगढी प्रिमियर लिग – दोस्रो क्वालीफायरमा महेन्द्रनगर र काठमाडौं भिड्ने

चैत्र २८, क्रिकेट हिमालय

धनगढी प्रिमियर लिग को दोस्रो क्वालिफायर खेल १२:३० बजे बाट एसएसपी मैदानमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन् । मंगलवार भएको एलिमिनेटर खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेसंगै महेन्द्रनगरले दोस्रो क्वालीफायरमा स्थान बनाएको हो । भने काठमाडौले पहिलो क्वालिफायर्समा घरेल टिम तथा साविक विजेता धनगढी टिम चौराहासँग १ विकेटले पराजित भएको थियो । लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा रहेको थियो । जारी सिजनमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन । खेलमा बिजयी हुने टिमले शुक्रबार हुने फाइनल खेलमा टिम चौराहा धनगढीको सामना गर्नेछ ।