Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल दसौ दिन : टिम चौरहा धनगढी फाइनलमा प्रबेस

चैत्र २७, क्रीकेट हिमालय

डि पि एल अन्तर्गतका दसौ दिनका खेलहरुमा टिम चौरहा धनगढी र महेन्द्रनगर युनाइटेड बिजयि भयका छन ।

पहिलो खेल : टिम चौरहा धनगढी भर्सेस काठमान्डौ गोल्डेन्स

टीम चौराह धनगढी रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेश गरेको छ । मंगलबार संघीय प्रहरी इकाईको मैदानमा भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीे फाइनल प्रवेश गरेको हो । काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेटाएको थियो । धनगढीका लागि राहन मुस्तफाले सर्वाधिक ३३ रनको पारी खेले । २० बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे। यस्तै, शंकर रानाले २८, सोनु तामाङले १४ तथा सुनिल धमलाले १३ रनको पारी खेले । काठमाडौंका सन्नी पटेल, रासिद खान र सहाब आलमले २–२ तथा सुबोध भाटी, ललितनारायण राजबंशीले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ ओभर गुमाएर १ सय २७ रन बनाएको थियो । काठमाडौैंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको पारी खेले । २३ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३६, पुष्प थापाले १६ र भुपेन्द्र थापाले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । धनगढीका सोमपाल कामी र ललितसिंह भण्डारीले २–२ तथा सुनिल धमला, सामसद शेख र रोहन मुस्तफाले १–१ विकेट लिए । काठमाडौं फाइनल प्रवेशका लागि मेहेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच आजै हुने इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

दोश्रो खेल : महेन्द्रनगर युनाइटेड भर्सेस सि वाइ सि अत्तरिया ( इलिमिनेटर )

महेन्द्रनगर युनाइटेड रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । मंगलबार भएको इलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको हो । योसँगै महेन्द्रनगरले दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ । इलिमिनेटरमा पराजित अत्तरिया भने प्रतियोगिताबाट बाहिरिएको छ । १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरिया निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमा सीमित रह्यो । अत्तरियाका लागि सुवास खकुरेलले ३०, विपिन चन्द्राले २८ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । महेन्द्रनगरका रोबिन क्षेत्रीले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो । महेन्द्रनगरका लागि आरिफ सेखले ३५ रन बनाए । ३७ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । यस्तै, पुनित मेहराले २६, करण केसीले २४ रनको पारी खेले । १३ बल खेलेका करणले ३ चौका र १ छक्का प्रहार गरेका थिए । बलिङमा अत्तरियाका कमलसिंह ऐरीले २ तथा कृष्ण कार्की, शिभांकर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्राले समान १ विकेट लिए ।