Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल नवौ दिन : सि वाइ सि अत्तरिया प्ले अफमा

चैत्र २५, क्रीकेट हिमालय

डि पि एल अन्तर्गत लिग चरणका अन्तिम खेलहरु आज सम्पन्न भयका छन ! पहिलो खेल मैदानको अवस्था खराब हुदा रद्द भयको थियो भने दोश्रो खेलमा सि वाइ सि अत्तरिया बिजयी हुँदै प्ले अफमा पुगेको थियो !

पहिलो खेल

काठमान्डौ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड बिचको खेल अघिल्लो राती निरन्तर परेको पानीले मैदानको अवस्था खेल्न योग्य नभयपछी रद्द भयको थियो, दुबै टिमले १/१ अन्क बाडेका थिय !

दोश्रो खेल

विराटनगर किंग्सलाई पराजित गर्दै सिवाइसी अत्तरिया आइतबार रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) –२को प्लेअफमा पुगेको छ।

लिगचरणको अन्तिम खेल बर्षाका कारण निर्धारित समयमा सुरु नभएपछि ६ ओभरमा छोटइएको थियो । विराटनगरले दिएको ५६ रनको लक्ष्य पछ्याएको अत्तरियाले अन्तिम दुई बल बाँकी रहँदा ४ विकेट गुमाएर लक्ष्य भेटायो ।

अत्तरियाका विपीन चन्द्रा नटआउट २६ रनको पारी खेल्दै टोलीलाई प्लेअफमा पुर्याएका थिए । १३ बल खेलेका चन्द्राले ५ चौका प्रहार गरे । उनी खेलको म्यान अफ द म्याच चुनिए । यस्तै दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । विराटनगरका लागि कप्तान पारस खड्कासँगै रामनरेश गिरीले पनि २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ३ विकेट गुमाएर ५५ रन बनाएको थियो । विराटनगका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार साहले १५ रनको पारी खेलेका थिए । १२ बल खेलेका अनिलले २ छक्का प्रहार गरे । अत्तरियाका कमलसिंह ऐरीले २ तथा शुभांकर उराओले १ विकेट लिए ।

प्रतियोगितामा मंगलबार पहिलो क्वालिफायरमा काठमाडौं र धनगढी र दिउँसो हुने इलिमिनेटरमा अत्तरिया र मेहन्द्रनगर भिड्ने आयोजकले जनाएको छ ।