Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल आठौ दिन : टिम चौरहा धनगढी प्ले अफमा !!

चैत्र २४, क्रिकेट हिमालय

धनगढी प्रीमियर लिग अन्तर्गत आज दुइ खेल रहेकोमा एक खेल मैदान खेल्नयोग्य नहुदा रद्द भयको थियो भने अर्को खेलमा टिम चौरहा धनगढी बिजयी भयको छ !

पहिलो खेल : सि वाइ सि अत्तरिया भर्सेस महेन्द्रनगर युनाइटेड

अघिल्लो राती लगातार पानी पर्नाले मैदान खेल्न योग्य नहुदा टस नै नभै खेल रद्द भयको थियो ! सि वाइ सि अत्तरिया र महेन्द्रनगर युनाइटेडले १/१ अन्क बाडेका थिय !

दोश्रो खेल : रुपन्देही च्यालेन्जर्स भर्सेस टिम चौराह धनगढी

ओभर घटाउदै मात्र ८/८ ओभरमा झारियेको दोश्रो खेलम टिम चौराह धनगढीले सोनु तामाङको आक्रमक ब्याटिङको सहयोगमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाउदै ७६ रन बनायको थियो ! राम्रो सुरुवात गर्दै अघि बढेको रुपन्देही च्यालेन्जर्स अन्तिम ३ ओभरमा सम्हालिन नसक्दा निर्धारित ८ ओभरमा ५ विकेट गुमाइ ७३ रन मात्र बनाउन सकेपछी ३ रनले पराजित रह्यो ! टिम चौरहा धनगढीका सोनु तामाङ म्यान अफ द म्याच भयका थिय !