Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल सातौ दिन : काठमान्डौ गोल्डेन्सको बिजय , प्ले अफमा प्रबेस !!

चैत्र २३, क्रिकेट हिमालय

लगाचार चौथो जितसँगै काठमाडौं गोल्डन्स रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) २ को प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा चौथो जित हात पारेको छ।

विराटनगरले दिएको १ सय ६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा भेटाएको थियो। ज्ञानेन्द्र मल्लले अन्तिम बलमा छक्का प्रहार गर्दै काठमाडौंलाई जिताएका थिए। ज्ञानेन्द्र ४० बलमा ६८ रनको पारी खेल्दै नटआउट रहे। उनले ४ छक्का र ५ चौका प्रहार गरे।

यस्तै काठमाडौंका भुपेन्द्र थापाले ३६, सन्नी पटेलले २५ तथा पुष्प थापाले २४ रनको पारी खेले। बलिङ विराटनगरका बसन्त रेग्मीले २ तथा पारस खड्का, शुभम कामत र मन्जित श्रेष्ठले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । उसका हङकङका कप्तान बाबर हायातले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । ३३ बलको सामना गरेका हायातले ६७ रनको पारी खेल्दा ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै दीलीप नाथले ३३ रन जोडे । २७ बल खेलेका दीलिपले १ छक्का र ४ चौका प्रहार गरे । उनीसँगै पृथु बास्कोटाले ११ तथा अनिलकुमार साह र बसन्त रेग्मीले १०–१० रन जोडे । कप्तान पारस खड्का ८ रनमा नटआउट रहे ।

बलिङमा काठमाडौंका ललितनारायण राजवंशीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका ललितले १८ रन खर्चे । यस्तै, रासिद खानले २ तथा सुबोध भाटीले १ विकेट लिएका थिए । रासिद भने केही महंगा भए । उनले ४ ओभरमा ४३ रन खर्चेका थिए ।


प्रतियोगितामा शनिबार विहान महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया तथा दिउँसो टीम चौराह धनगढी र रुपेन्देही च्यालेन्जर्सबीच खेल हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।