Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल छैठौ दिन : बिराटनगर किङ्स र महेन्द्रनगर युनाइटेड बिजयी !

चैत्र २२, क्रिकेट हिमालय

धनगढी प्रीमियर लिग अन्तर्गत आज छैठौ दिनको खेलहरुमा बिराटनगर किङ्स र मह!ेन्द्रनगर युनाइटेड बिजयी भ!!??#???????!!!!!!!््!यका छन !

पहिलो खेल

रुस्लान धनगढी प्रिमियर लिग दुईमा बिराटनगर किङ्स्ले ले लगातार दोश्रो जित हात पारेको छ । बिराटनगरले बुधबार भएको खेलमा टिम चौरहा धनगढीलाई १८ रनले पराजित गरेको छ !

फर्स्ट ब्याटिङ गरेको बिराटनगर किङ्सले अल आउट हुँदै १२७ रन \\\!!!!!!\!मात्र बनाउन सफल भयको थियो ! झिनो लक्ष लियेर दोश्रो इन्निङ सुरु गरेको टिम चौरहा धनगढी १०९ रनमा समेटिदा १८ रनले पराजित रह्यो !

दोश्रो खेल

विनोद भण्डारीले कप्तानी पारी खेलेपछि महेन्द्रनगर युनाइटेडले रुपेन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ मा दोस्रो जित हात पारेको छ।

दोस्रो जितसँगै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चार खेलमा पराजित भएको रुपेन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ।

रुपेन्देहीले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले १९.४ ओभरमा ६ विकेट गुमाई भेटाएको थियो। उसका कप्तान विनोद भण्डारीले ६१ रनको अर्धशतकीय पारी खेलेका थिए। ४८ बलको सामना गरेका विनोदले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै,
महेन्द्रनगरको पारीमा पुनित विष्टले ४५ रनको योगदान दिए। २२ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए। रुपेन्देहीका दीपेश श्रेष्ठले ३ तथा सुसान भारीले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको रुपेन्देहीले
निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो। उसका प्रदीप ऐरीले सर्वाधिक ३९ रनको पारी खेले। सो क्रममा उनले १ छक्का र ५ चौका प्रहार गरे।

यस्तै, सागर पुनले २८, दीपक प्रसादले१७, कुशल मल्लले १५ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। महेन्द्रनगरका पुनित विष्टले ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १२ रन खर्चे।