Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल पाचौ दिन : बिराटनगर किङ्स र काठमान्डौ गोल्डेन्स बिजयी !

चैत्र २१, क्रिकेट हिमालय

धनगढी प्रीमियर लिग अन्तर्गत पाचौ दिनको खेलहरुमा बिराटनगर किङ्स र काठमान्डौ गोल्डेन्स बिजयी भयका छन !

पहिलो खेल

रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा विराटनगरले पहिलो जित हात पारेको छ। बुधबार भएको खेलमा रुपेन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले पहिलो जित हात पारेको हो।

विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको रुपेन्देहीले निर्धारित ओभरमा ७ विकेट गुमाइ १ सय ३९ रनमा सीमित भयो। उसका प्रदीप ऐरीले ५० बलमा ५४ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। उनले ६ चौका र २ छक्का प्रहार गरे। विराटनगरका शुभम कामतले ३ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो। उसका बाबर हायातले ३५ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेले। उनले ४ चौका र ४ छक्का प्रहार गरे। खेलको म्यान अफ द म्याच बाबर हायातले नगद १० हजार हात पारे।

दोश्रो खेल

रुस्लान धनगढी प्रिमियर लिग दुईमा काठमाडौले लगातार तेस्रो जित हात पारेको छ । काठमाडौंले बुधबार भएको खेलमा सिवाइसी अत्तरियालाई ११ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हो।

१ सय ३८ रनको लक्ष्य पछ्याएको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रनमात्रै बनाउन सक्यो। अत्तरियाका गौरव चितकाराले ३६ रन जोडे। २६ बलको सामना गरेका उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै विपिन चन्द्रा २६ रनमा नटआउट रहे।

त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेपछि काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो। ज्ञानन्दले ४३ बलको सामना गर्दै ५७ रन जोडेका थिए। सो क्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरे।

यस्तै, काठमाडौंका नरेश बुढाऐरले २७ रन जोडे। १७ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। रासिद खानले अन्त्यतिर ९ बलमा १६ रनको पारी खेल्दै टोलीलाई सो स्कोरमा पुर्याएका थिए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

अत्तरियाका शिभांकर उराँवले ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १९ रन खर्चे। यस्तै कृष्ण कार्की र विपिन चन्द्राले २–२ विकेट लिए।