Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल अन्तर्गत सि वाइ सि अत्तरिया र महेन्द्रनगर युनाइटेड बिजयी !!

चैत्र १८, क्रिकेट हिमालय

धनगढी प्रीमियर लिग अन्तर्गत आज सि वाइ सि अत्तरिया र महेन्द्रनगर युनाइटेड बिजयि भयका छन !

पहिलो खेल : सि वाइ सि अत्तरिया भर्सेस रुपन्देही च्यालेन्जर्स

रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरियाले ९ विकेटको फराकिलो जित हात पारेको छ। रुपेन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य सिवाईसी अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाइ भेटाएको थियो।

अत्तरियाका गौरव चितकाराले नटआउट ३० रनको पारी खेले। आठौं ओभरको तेस्रो बलमा उनले छक्का प्रहार गर्दै अत्तरियाका लागि विजयी रन बटुलेका थिए। अत्तरियाका सुवास खकुरेलले १९ तथा प्रेम तामाङले १४ रनको पारी खेले। रुपेन्देहीका जितेन्द्र मुखियाले १ विकेट लिए।

त्यसअघि रुपेन्देही च्यालेन्जर्सका विदेशी खेलाडी सुफ्यान मेहमुदबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा रुपेन्देही १५.२ ओभरमा सवै विकेट गुमाएर ६१ रन बनाएको थियो।

सुफ्यान २० रनमा नटआउट रहेका थिए। २५ बलको सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरे। कुनैपनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेका थिएनन्। ओपनरद्धय प्रदीप ऐरी र सागर पुन शुन्य रनमै पवेलयन फर्किएका थिए। यस्तै विक्रम भुषाल र शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ५ तथा अमरसिंह रौटेला १ रनमै पवेलियन फर्किए।

सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ४ ओभरको स्पेलमा ऐरीले १५ रन खर्चे। यस्तै शुभांकर उरावले ३ विकेट लिए भने कृष्ण कार्की र विपिन चन्द्रले १ विकेट लिए।

केहीबेरमा सुरु हुने दोस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स र विनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेड भिड्नेछन्।

दोश्रो खेल : विराटनगर किंग्स भर्सेस महेन्द्रनगर युनाइटेड

बलियो टोली विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेडले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा विजयी सुरुवात गरेको छ।

महेन्द्रनगरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर ६ ओभर बाँकी छदै १ सय ३५ रनमा समेटियो। विराटनगरका लागि पृथु बास्कोटाले सर्वाधिक ३५ रन जोडे । त्यसबाहेक बाबर हयातले ३२ रन जोडे। १० बलको सामना गरेका उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए। यस्तै, अनिलकुमार साहले २३, पारस खड्काले १६ रन जोडे।

महेन्द्रनगर युनाइटेडका अविनाश कर्णले ३ तथा पुनित मेहरा, भुवन कार्की र रोबिन क्षेत्रीले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन जोडेको हो। महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ३५ रन जोडेका थिए। ३५ बलको सामना गरेका भण्डारीले ५ चौका र १ छक्का प्रहार गरे।

यस्तै महेन्द्रनगरका पुनित विष्टले २४, आरिफ सेखले २०, हरिशंकर साहले १९ र पुनित मेहराले १८ रन जोडे। विराटनगरका मन्जित श्रेष्ठले २ तथा पारस खड्का र शुभम कामतले १ विकेट लिए।