Cricket Himalaya
Cricket News From Top of The World

बिश्वकप छनोट अन्तर्गत जिम्बाबे ११६ रनले बिजयो, नेपालको सम्मानजनक ब्याटिङ !!

फाल्गुन २०, क्रिकेट हिमालय

बिश्वकप छनोट अन्तर्गत क्विन्स स्पोर्ट्स क्लब, बुलावायोमा नेपाल र टेस्ट नेसन जिम्बाबे एक आपसमा भिडेका थिय ! टस जित्दै फर्स्ट ब्याटिङ गरेको जिम्बाबे सिकन्दर रजाको ६६ बलमा १२३ रन र ब्रेन्डन टेलरको ९१ बलमा १०० रनको मद्धतले ६ विकेट गुमाउदै विशाल ३८१ रनको लक्ष नेपाललाइ दियेको छ !

बिसाल लक्ष सहित उत्रेको नेपाल सरद र आरिफको अर्धसतक, पारस, ज्ञानेन्द्र, रोहितको उपयोगी रनको मद्धतमा निर्धारित ५० ओभर खेल्दै २६४ रन बनायतापनी ११६ रनले पराजित रह्यो !

१ टस

महत्त्वपूर्ण टस जित्दै जिम्बाबेले फर्स्ट ब्याटिङ रोजेको थियो !

२ प्लेयिङ ११

जिम्बाबे : मायर, जुवावो, मसाकाडजा, टेलर, इर्भाइन, रजा, वालर, क्रिमेर, जार्विश, भिटोरी, चतरा !

नेपाल : ज्ञानेन्द्र, दिलिप, पारस, दिपेन्द्र, शरद, आरिफ, रोहित, सोमपाल, वसन्त, सन्दिप, ललित
३ डेब्यु

नेपालको तर्फबाट डिबिजन दुइमा चमत्कारिक प्रदसन गरेका करण के सि लाई ड्रप गर्दै, शक्तिलाइ बेन्चमा राखेरै ललित राजबन्शिले डेब्यु गरेका थिय !

४ जिम्बाबेको आतिसी सुरुवात

जिम्बाबेले आक्रमक सुरुवात गर्यो, मात्र ४ ओभरमा कुनै पनि विकेट नगुमाइ फर्स्ट ५० रन बनायको थियो !

५ सन्दिप लामिछानेले रोके जिम्बाबेको गति

सन्दिप लामिछानेले ७.१ ओभरमा ७७ रनको स्थितिमा पहिलो विकेट हात पारेपछी जिम्बाबेको रनको गति कम हुन सुरु गरेको थियो !

६ जिम्बाबेका सोलोमन मायरको आक्रमक अर्धसतक

विशाल ३ छक्का र ५ चौका सहित मात्र ३७ बलमा सोलोमन मायरले अर्धसतक प्रहार गरेका थिय !

७ जिम्बाबेको १५० रन

आक्रमण जारी राखेको जिम्बाबेले २२ ओभरमा ३ विकेटको छतिमा १५० रन क्रस गरेको थियो !

८ जिम्बाबेको आधा इनिङमै विशाल लक्षको खाका

इनिङको बिचमा अर्थात २५ ओभर सकिदा सम्म जिम्बाबेले ३ विकेट गुमाउदै १६९ रन पूरा गरिसकेको थियो !

९ जिम्बाबे तर्फबाट दोश्रो अर्धसतक

कप्तान ब्रेन्डन टेलरले ५ चौकाको सहयोगमा ४८ बल खेल्दै अर्धसतक प्रहार गरेका थिय !

१० जिम्बाबे २५० रन बनाउदै विशाल कुल स्कोर तर्फ

मात्र ३८.१ ओभरमा ४ विकेट गुमाउदै जिम्बाबेले कुल २५० रन पूरा गरेको थियो !

११ जिम्बाबेको तर्फबाट तेश्रो अर्धसतक

सिकन्दर रजाले ३२ बलमा आक्रमक अर्धसतक पूरा गरेका थिय !

१२ जिम्बाबेको ३०० रन मात्र ४३.१ ओभरमा पूरा भयको थियो

१३ ब्रेन्डन टेलरको सतक

मात्र ९० बलमा कुल ७ चौका र १ छक्काको सहयोगले टेलरले सतक पूरा गरेका थिय !

१४ सिकन्दर रजाको सतक

६ चौका र ७ छक्का प्रहार गर्दै रजाले मात्र ६२ बलमा सतक प्रहार गरेका थिय !

१५ सोमपाल कामिको लगातार २ विकेट

४९ औ ओभरको चौथो र पाचौ दुबै बलमा क्र म स सतकधारी रजा र टेलरको विकेट लियेर सोमपालले जिम्बाबेको स्कोर चार सय हुनबाट रोकेका थिय !

१६ जिम्बाबेको कुल २६ चौका र १७ छक्का

पुरै इन्निङभरि जिम्बाबे आक्रमण जारी रह्यो, नेपाल बिरुद्ध कुल २६ चौका र १७ छक्का जिम्बाबेली ब्याट्सम्यानले प्रहार गरेका थिय !

१७ नेपालको तर्फबाट ११ ओभरमा १ विकेट गुमाउदै टिमको स्कोर ५० रन पुगेको थियो !

१८ नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै १०० रन पुरा गरेको थियो !

१९ सरद भेषावकरले ४३ बलमा अर्धसतक प्रहार गरेका थिय !

२० नेपालले ४२ औ ओभरमा ५ विकेट गुमाउँदै २०० रन पुरा गरेको थियो !

२१ नेपालको तर्फबाट दोश्रो अर्धसतक आरिफ सेखले ५८ बलमा पुरा गरेका थिय !