Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रदेश स्तरिय क्रिकेट कपमा रुकुम र जाजरकोट बिजयी !

फाल्गुन २०, क्रिकेट हिमालय

सुर्खेत क्रिेकट संघको आयोजनामा वीरेन्द्रनगरको कालुञ्चोक खेल मैदानमा जारी प्रथम कर्णाली प्रदेश कपको दोश्रो दिन भएको खेलमा रुकुम र जाजरकोट विजयी भएका छन् ।

पहिलो खेल : रुकुम भर्सेस दैलेख

टस हारेर पहिले ब्याटिङ गरेको रुकुमले खुशिराम बिक (७४ रन) र दिनेश पुन (६५ रन) को अर्धसतकिय पारीको मद्तमा २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

बिसाल लक्ष पछ्यायको दैलेख १०.३ ओभरमा ६३ रनमा अलआउट भयपछि रुकुम ९९ रनले बिजयी रह्यो !

दैलेखलाई सस्तैमा समेट्न रुकुमका कप्तान विवश गिरीले सर्वाधिक ४ विकेट लिए

५३ बलमा ६५ रन बनाउँनुका साथै २ विकेट लिएका रुकुमका दिनेश पुन म्यान अफ द म्याच बने ।

दोश्रो खेल : जुम्ला भर्सेस जाजरकोट

जितेन्द्र शाहीले ३६ रन, मनोज भारतीले २० रनको सहयोगमा टस हारेर फर्स्ट ब्याटिङ गरेको जुम्लाले निर्धारित २० ओभरमा १३० रन बनायको थियो जाजरकोटका लागि सन्दीप शाहीले ४ विकेट, जीबन शाहीले १ विकेट लिए ।

मध्यम लक्ष सहित उत्रिएको जाजरकोट सन्दिपको नटआउट ५८ रनको सहयोगमा मात्र ६ विकेट गुमाउदै १३१ रन बनाउदै ४ विकेटले बिजयी रह्यो !

प्रतियोगितामा सोमबार सुर्खेत र दैलेख तथा सल्यान र जाजरकोट भिड्ने क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिएका छन् ।

प्रतियोगितामा आयोजक सुर्खेत सहित रुकुम, सल्यान, जाजरकोट, दैलेख र जुम्ला गरी ६ टीमको सहभागीता रहेको छ ।