Cricket Himalaya
Cricket News From Top of The World

बिश्वकप छनोट, नेपाल बिरुद्ध जिम्बाबेले राख्यो विशाल लक्ष !!

फाल्गुन २०, क्रिकेट हिमालय

बिश्वकप छनोट अन्तर्गत क्विन्स स्पोर्ट्स क्लब, बुलावायोमा नेपाल र टेस्ट नेसन जिम्बाबे एक आपसमा भिड्दै छन ! टस जित्दै फर्स्ट ब्याटिङ गरेको जिम्बाबे सिकन्दर रजाको ६६ बलमा १२३ रन र ब्रेन्डन टेलरको ९१ बलमा १०० रनको मद्धतले ६ विकेट गुमाउदै विशाल ३८१ रनको लक्ष नेपाललाइ दियेको छ !

फर्स्ट इन्निङमा घटित मुल मुल घटनाहरु निम्न छन !

१ टस

महत्त्वपूर्ण टस जित्दै जिम्बाबेले फर्स्ट ब्याटिङ रोजेको थियो !

२ प्लेयिङ ११

जिम्बाबे : मायर, जुवावो, मसाकाडजा, टेलर, इर्भाइन, रजा, वालर, क्रिमेर, जार्विश, भिटोरी, चतरा !

नेपाल : ज्ञानेन्द्र, दिलिप, पारस, दिपेन्द्र, शरद, आरिफ, रोहित, सोमपाल, वसन्त, सन्दिप, ललित
३ डेब्यु

नेपालको तर्फबाट डिबिजन दुइमा चमत्कारिक प्रदसन गरेका करण के सि लाई ड्रप गर्दै, शक्तिलाइ बेन्चमा राखेरै ललित राजबन्शिले डेब्यु गरेका थिय !

४ जिम्बाबेको आतिसी सुरुवात

जिम्बाबेले आक्रमक सुरुवात गर्यो, मात्र ४ ओभरमा कुनै पनि विकेट नगुमाइ फर्स्ट ५० रन बनायको थियो !

५ सन्दिप लामिछानेले रोके जिम्बाबेको गति

सन्दिप लामिछानेले ७.१ ओभरमा ७७ रनको स्थितिमा पहिलो विकेट हात पारेपछी जिम्बाबेको रनको गति कम हुन सुरु गरेको थियो !

६ जिम्बाबेका सोलोमन मायरको आक्रमक अर्धसतक

विशाल ३ छक्का र ५ चौका सहित मात्र ३७ बलमा सोलोमन मायरले अर्धसतक प्रहार गरेका थिय !

७ जिम्बाबेको १५० रन

आक्रमण जारी राखेको जिम्बाबेले २२ ओभरमा ३ विकेटको छतिमा १५० रन क्रस गरेको थियो !

८ जिम्बाबेको आधा इनिङमै विशाल लक्षको खाका

इनिङको बिचमा अर्थात २५ ओभर सकिदा सम्म जिम्बाबेले ३ विकेट गुमाउदै १६९ रन पूरा गरिसकेको थियो !

९ जिम्बाबे तर्फबाट दोश्रो अर्धसतक

कप्तान ब्रेन्डन टेलरले ५ चौकाको सहयोगमा ४८ बल खेल्दै अर्धसतक प्रहार गरेका थिय !

१० जिम्बाबे २५० रन बनाउदै विशाल कुल स्कोर तर्फ

मात्र ३८.१ ओभरमा ४ विकेट गुमाउदै जिम्बाबेले कुल २५० रन पूरा गरेको थियो !

११ जिम्बाबेको तर्फबाट तेश्रो अर्धसतक

सिकन्दर रजाले ३२ बलमा आक्रमक अर्धसतक पूरा गरेका थिय !

१२ जिम्बाबेको ३०० रन मात्र ४३.१ ओभरमा पूरा भयको थियो

१३ ब्रेन्डन टेलरको सतक

मात्र ९० बलमा कुल ७ चौका र १ छक्काको सहयोगले टेलरले सतक पूरा गरेका थिय !

१४ सिकन्दर रजाको सतक

६ चौका र ७ छक्का प्रहार गर्दै रजाले मात्र ६२ बलमा सतक प्रहार गरेका थिय !

१५ सोमपाल कामिको लगातार २ विकेट

४९ औ ओभरको चौथो र पाचौ दुबै बलमा क्र म स सतकधारी रजा र टेलरको विकेट लियेर सोमपालले जिम्बाबेको स्कोर चार सय हुनबाट रोकेका थिय !

१६ कुल छक्का र चौका

पुरै इन्निङभरि जिम्बाबे आक्रमण जारी रह्यो, नेपाल बिरुद्ध कुल २६ चौका र १७ छक्का जिम्बाबेली ब्याट्सम्यानले प्रहार गरेका थिय !