Cricket Himalaya
Cricket News From Top of The World

महेन्द्रनगर युनाइटेडमा दुई भारतिय खेलाडी अनुबन्धित !!

चैत्र १३, क्रिकेट हिमालय

रुस्लान धनगढी प्रिमियर लिग टोली महेन्द्रनगर युनाइटेडले दुई जना भारतीय खेलाडीहरु अनुबन्ध गरेको छ।

महेन्द्रनगर युनाइटेडले भारत दिल्लीका पुनित विष्ट र पुनित महरालाई टोलीसँग अनुबन्ध गरेको जनाएको छ।

पुनित विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका छन्। सन् २०१२ मा उनी दिल्लीको टोलीमा थिए। उनी राइट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान हुन्।

यस्तै, दिल्लीकै अर्का रण जी प्लेयर पुनित मेहरालाई टोलीसँग आवद्ध गरियेको छ ! उनी लेफ्ट आर्म स्पिन बलिङ र लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन्। उनले भारतको रणजी ट्रफी खेलिसकेका छन्।

टोलीको रणनैतिक खेलाडीमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन्। टोलीले आइतबार देखि अभ्यास थालिसकेको जनाएको छ। टोलीमा करण केसी, अभिनाश कर्ण, भुवन कार्की, रोहित कुमार पौडेल, आरिफ शेख र आसिफ शेख जस्ता खेलाडीहरु छन्।