Cricket Himalaya
Cricket News From Top of The World

रूस्लान डिपिएल का टिकट इसेवा, अनलाइनबाट काट्दा ५ प्रतिशत छुट !

चैत्र १३, क्रिकेट हिमालय

देशकै सर्वाधिक धनराशी पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) खेलका टिकट इ सेवा बाट काट्न सकिने भएको छ ।

धनगढीमा यही चैत १७ देखि शुरु हुन लागेको सम्पूर्ण खेलका टिकट इसेवाबाट काट्न सकिने भएको हो । इसेवाबाट टिकट काट्दा ५ प्रतिशत छुटको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ ।

धनगढी प्रिमियर लिगका खेल हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअपमा ७० र फाइनलमा १०० रूपैयाँ टिकट दर तोकिएको छ ।

सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।

दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आफु लाई पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन इसेवा जोन, इसेवा पोइन्टमा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका म्यानेजर दिब्येस झा ले बताए ।

मुलुकभर इसेवाका ३० हजार बढि र धनगढी आसपासका क्षेत्रमा पनि सयौँको संख्यामा जोन, पोइन्ट रहेका छन् ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता रहेको धनगढी प्रिमियर लिगमा स्वदेशी सहित विदेशी खेलाडी समेत अनुबन्धित भएको छन् प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्नगर युनाइटेड र टिम चौराहा धनगढीको सहभागिता रहने जनाइएको छ ।

नेपालमा सर्वा्धिक पुरस्कारको राशि भएको प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख, तेस्रो हुने टोलीले तीन लाख र चौथो हुने टोलीले दुई लाख पाउने जनाइएको छ ।