Cricket Himalaya
Cricket News From Top of The World

डिपिएल खेल हुने मैदानको ‘पिच’ परिक्षण गर्न मैत्रीपुर्ण खेल, डिसिए बिजयी !!

चैत्र ११, क्रिकेट हिमालय

चैत्र १७ बाट सुरु हुने प्रतिक्छित धनगढी प्रीमियर लिगको लागी तयार पारियेको पिचको परिछ्यणको लागी आज धनगढी क्रिकेट एकेडमी ( डि सि ए ) र कैलाली डिस्ट्रीक्ट क्रिकेट एकेडमी ( के डि सि ए ) बिच एक मैत्रीपुर्ण खेल खेलियेको थियो !

सङ्हिय इकाइ प्रहरी कार्यालयको क्रिकेट मैदानमा टस जितेर के डि सि ए ले फर्स्ट ब्याटिङ गर्दै करण मल्लको २७ रन र आयुब चन्दको २४ रनको सहयोगमा मात्र ९३ रन बनायको थियो ! डि सि ए का लागी पवन कार्किले ३ र महेस अधिकारीले २ विकेट लियेका थिय !

तस्बिर : दिर्घ राज भट्ट

झिनो लक्ष सहित दोश्रो ब्याटिङ गरेको डि सि ए १६ ओभरमा ६ विकेट गुमाउदै लक्षमा पुगेको थियो ! डि सि ए का लागी सुबास एरले ३७ रन, बिजय रानाले २० रन र राजु रिजालले १८ रन बनायका थिय ! के डि सि ए का सागर भन्डारिले ३ विकेट लियेका थिय !

डि सि ए का कप्तान दिपेन्द्र थापा र के डि सि ए का कप्तान सागर भन्डारिले दुबैले हालसम्म विकेट निकै राम्रो बनेको र थप परिस्कृत हुने बतायका छन !