Cricket Himalaya
Cricket News From Top of The World

शंकरनगर र खुकुरी क्रिकेट क्लब शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेटको फाइनलमा !!

भैरहवा, ७ चैत ।

भैरहवामा जारी जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगितामा बुधबार भएका सेमिफाइनल खेलमा विजयी हुँदै शंकरनगर क्रिकेट क्लब शंकरनगर र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा फाइनल प्रवेश गरेका छन् । अब यी दुई टिमबीच बिहीबार उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

स्थानीय सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा शंकरनगरले देवदह क्रिकेट युनिट देवदहलाई २८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले ७ विकेटको क्षतिमा १५६ रन बनायो । उसका लागि भीम सार्कीले ६१, संदीप सुनारले ४७ र अजय कौशिल्याले १९ रन बनाए । बलिङमा देबदहका कुशल भूर्तेलले ४ तथा संदीप जोराले २ विकेट लिए ।

जावाफी ब्याटिङ गरेको देवदहले ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनायो । उसका लागि अर्जुन रायमाझीले १, अभिशेक न्यौपानेले नटआउट १९ रन बनाए पनि जित दिलाउन सकेनन् । बलिङमा शंकरनगरका तुलबहादुर थापाले ३, संदीप सुनार र सुदन श्रेष्ठले समान २÷२ विकेट लिए । भीम कार्की म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा खुकुरीले न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ६ विकेटले पराजित ग¥यो । जितका लागि होराइजनबाट पाएको ११७ रनको लक्ष्य खुकुरीले १९.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । जसमा निश्चल चौधरीले २७, संदीप रजालीले नटआउट २६ र लालबहादुर अधिकारीले नटआउट २४ रन बनाए । बलिङमा होराइजनका अनिल खरेलले २ तथा कुशल मल्ल र गणेश गौडेलले समान २÷२ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको होराइजनले ९ विकेटको क्षतिमा ११६ रन बनाएको थियो । उसका लागि शक्ति गौचनले २५, राजु शाहनीले २० रन बनाए । बलिङमा खुकुरीका एकलाख अहम्मद र साहव आलमले समान ३÷३ विकेट लिए । साहव आलम म्यान अफ द म्याच घोषित भएको आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका छन् ।