Cricket Himalaya
Cricket News From Top of The World

डिपिएल को टाई सिट सार्बजनिक !

चैत्र ७, क्रिकेट हिमालय

धनगढी क्रिकेट एकेडेमी(डीसीए)को आयोजनामा आगामी चैत्र १७ गतेदेखि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ को शुभारम्भ हुदैछ !

प्रतियोगिताको सम्पूर्ण तयारीहरु अन्तिम चरणमा रहेको जानकारी आयोजकले दियेको छ । विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालिसकेका छन्।

आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका छन्। सोही सन्दर्भमा प्रतियोगिताको टाई–सीट सार्वजनिक गरियेको छ !