Cricket Himalaya
Cricket News From Top of The World

शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेट देवदह र होराइजन सेमिफाइनलमा !

भैरहवा, ६ चैत ।

भैरहवामा जारी जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट युनिट देवदह र न्यू होराइजन क्रिकेट क्लब बुटवल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार स्थानीय सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा देवदहले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १४ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको देवदहले ८ विकेटको क्षतिमा ११४ रन बनायो । जसमा कुशल भूर्तेलले २८, प्रकाश केसी र संदीप जोराले समान १३÷१३ रन बनाए । बलिङमा ज्ञानोदयका कृष्ण पराजुलीले ३ तथा संगम थापाले २ विकेट लिए ।

प्रतिउत्तरमा ज्ञनोदयले १७.३ ओभरमा सबै विकेट गुमाई १०० रन मात्रै बनायो । जसमा संगम थापाले ३२ र निशान शर्माले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा म्यान अफद द म्याच समेत रहेका देवदहका विकास श्रेष्ठले ३ तथा सुरज दरई र अर्जुन रायमाझीले समान २÷२ विकेट लिए ।

दोस्रो खेलमा होराइजनले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ८ विकेटले पराजित ग¥यो । जितका लागि साई ग्लोबलबाट ८३ रनको लक्ष्य पाएको होराइजन १७.२ ओभरमा दुई विकेटको क्षतिमा ८६ रन बनाई जित निकाल्यो । जसमा नूरध्वज सेनले २८ तथा शक्ति गौचनले २६ रन बनाए । बलिङमा साई ग्लोबलका मोहम्मद हुेसेनले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साइ ग्लोबले १९.२ ओभरमा सबै विकेट गुमाई ८२ रन मात्रै बनायो । जसमा ओसुतोष पासवानले ४२ र अजय रसाइलीले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा होराइजनका कुशल मल्लले ४ र अनिल खरेलले २ विकेट लिए । कुशल मल्ल म्यान अफ म्याच घोषित भए ।

मंगलबारको खेलसँगै क्वाटरफाइनलका खेल सकिएको छ । बुधबार सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा शंकरनगर क्रिकेट क्लब र देवदह क्रिकेट क्लब तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका छन् । प्रतियोगितामा फाइनल खेल बिहीबार हुनेछ ।