Cricket Himalaya
Cricket News From Top of The World

शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेटमा साई ग्लोबल र देवदह क्रिकेट क्लब विजयी !

भैरहवा, ४ चैत ।

भैरहवामा जारी जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगितामा आइतबार भएका दुई खेलमा साई ग्लोबल क्रिकेट क्लब भैरहवा र देवदह क्रिकेट युनिट देवदह विजयी भएका छन् ।

स्थानीय सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा साइ ग्लोबलले वेष्टर्न क्रिकेट क्लब बुटवललाई ५ विकेटले पराजित ग¥यो । जितका लागि वेष्टर्नबाट १३० रनको लक्ष्य पाएको साइ ग्लोबलले ५ विकेटको क्षतिमा १३३ रन बनाई लक्ष्य भेट्टायो । उसका लागि वासिर अहम्मदले ४८ र रुपेश बास्तोलाले ४२ रन बनाए । बलिङमा वेष्टर्नका कमलसिंह ऐरीले ३ तथा जगत क्षेत्रीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्टर्नले ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । जसमा भुवन पाण्डेले ३३ र सुवाष विकले २८ रन बनाए । बलिङमा साइ ग्लोबलका इमरान पठान, वारिस अहम्मद र अभिषेक शुक्लाले २÷२ विकेट लिए । वारिस म्यान अफ द म्याच घोषित भए ।

यस्तै दोस्रो खेलमा देवदहले बुम एमसिसी क्रिकेट क्लब भैरहवामाथि ४ विकेटको जित निकालेको छ । टस जितेर पहिला ब्याटिङ गरेको देवदहले ६ विकेटको क्षतिमा १६७ रनको योगफल बनाएको थियो । उसका लागि कुशल भूर्तेलले ५१, सुरज दरईले नटआउट ४१ त्था रोशन गौतमले २८ रन बनाए । बलिङमा बुमका राहुल शर्मा र अजय लोनियाले समान २÷२ विकेट लिए । प्रतिउत्तरमा बुमले १५.२ ओभरमा सबै विकेट गुमाई जम्मा ६९ रन मात्रै बनायो । उसका लागि रहमान अलीले १९ तथा सुशान्त थापाले १३ रन बनाए पनि अन्य ब्याट्स म्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा देवदका अभिषेक न्यौपाने र रोशन गौतमले २÷२ विकेट लिए । कुशल भूर्तेल म्यान अफ द म्याच घोषित भए ।

सोमबार लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र आइसिएफसी प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवा तथा न्यू होराइजन क्रिकेट क्लब बुटवल र वेष्टर्न क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघकाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।