Cricket Himalaya
Cricket News From Top of The World

धनगढी क्रिकेट एकेडेमिलाई जेसिज कप, दाङको उपाधी !!

चैत्र ४, क्रिकेट हिमालय

जिल्ला क्रिकेट संघ, दाङको प्राबिधिक सहयोग र त्रिभुवननगर जेसिसको आयोजनामा दाङमा संचालित जेसिज कपको उपाधी धनगढी क्रिकेट एकेडमि ( डि सि ए ) ले जितेको छ ! आज सम्पन्न फाइनल खेलमा धनगढी क्रिकेट एकेडमिले ज्यागुवर क्रिकेट क्लबलाइ ५९ रनले पराजित गर्दै उपाधी जितेको हो !

फाईनल खेल

टस हार्दै फर्स्ट ब्याटिङमा उत्रिएको डि सि ए बसन्त सिंह कार्किको ४२ रन, प्रकास जैसिको ३० रनको सहयोगमा निर्धारित २० ओवरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउन सफल भयको थियो । ज्यागुवरका लागि रमेश सिँहले सर्बाधिक ४ बिकेट लिएका थिए ।

१ सय ५२ रन को लक्ष्य पछ्याएको ज्यागुवर १९.४ ओवरमा मात्र ९२ रन बनाउदै अलआउट हुन पुगेको थियो। ज्यागुवरका लागि इमरान आलमले सर्बाधिक २१ रन बनायका थिय ! डि सि ए का पवन कार्की र बिनोद लामा ले समान ३/३ विकेट लिएका थिए ।

पुरस्कार

बिजेता डि सि ए ले १ लाख २५ हजार सहित शिल्ड प्राप्त गरेको छ भने उप बिजेता ज्यागुवरले ५० हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा न्यु होराईजन क्रीकेट एकेडेमीका कृष्ण कार्की उत्कृष्ट खेलाडि एवम ब्याट्सम्यान कृष्ण कार्कि भय, उत्कृष्ट बलर सुनिल सुनार, जेसिज ईमर्जिङ खेलाडि सन्देश पान्डे घोषित भएका थिय ।