Cricket Himalaya
Cricket News From Top of The World

युनिभर्सिटी कपमा टि यु बिजयी !!

चैत्र ३, क्रिकेट हिमालय

युनिभर्सिटी कप क्रिकेटको दोस्रो संस्करणको उपाधि टियुले जितेको छ । आज सम्पन्न फाइनलमा डिएभी कलेजलाई ६ विकेटले हराउँदै टियुले उपाधी जितेको छ !

टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले सुधीर चौधरीले ६४ तथा सन्तोष पौडेलले ३५ रनको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४१ रन बनायो । बलिङमा डिएभीका इसान पाण्डेले तीन विकेट लिए ।

मध्यम लक्ष पछ्यायको टियूले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । टि यु को तर्फबाट रविन जोशीले ७१ तथा इसान पाण्डेले ५७ रन बनाए । बलिङ तर्फ डिएभीका नन्दन यादवले २ विकेट लिए ।

उक्त प्रतियोगितामा म्यान अफ द सिरीज इसान पाण्डे, उत्कृष्ट ब्याट्सम्यान आदिल खान डिएभी, उत्कृष्ट बलर सागर ढकाल टियू, इमर्जिङ खेलाडी महेश खत्री भयका थिय !

प्रतियोगिताको विजेता टियूले दुई लाख रुपैयाँ तथा उपविजेता डिएभीले एक लाख रुपैयाँ हात पार्यो !