Cricket Himalaya
Cricket News From Top of The World

डिएभि र गोल्डेनगेट कलेज युनिभर्सिटी कपको सेमिफाइनलमा !

फाल्गुन ३०, क्रिकेट हिमालय

टि यु मैदानमा जारी युनिभर्सिटी कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल अन्तर्गतका खेलहरुमा गोल्डेनगेट कलेज र डि ए भि कलेज बिजयी भयका छन !

गोल्डेनगेट कलेजले जनता कलेजलाइ ६२ रनले पराजित गर्यो भने डि ए भि ले सन्करदेब कलेज लाइ ८ विकेटले पराजित गर्न सफल रह्यो !

पहिलो खेल : गोल्डेनगेट कलेज भर्सेस जनता कलेज

फर्स्ट ब्याटिङ गरेको गोल्डेनगेट कलेजले भुपेन्द्र थापाको ५७ रन, सन्जय श्रेष्ठ र रबि कुमार साहको समान ४२ रनको मद्धतले ५ विकेट गुमाउदै निर्धारित २० ओभरमा १७१ रन बनायको थियो ! जनताका सागर छेत्री, बिनोद साहि र सम्बर्धन दवाडिले समान १/१ विकेट लियेका थिय !

विशाल लक्ष सहित दोश्रो ब्याटिङ गरेको जनता २० ओभरमा ४ विकेट गुमाउदै १०९ रन मात्र बनाउन सफल रह्यो ! जनताको लागि अन्कित आर जे र निराजन के सि ले समान २६ रन बनायका थिय ! गोल्डेनगेटका रबि कुमार साहले २ विकेट लियेका थिय !

दोश्रो खेल : शन्करदेब भर्सेस डि ए भि कलेज

फर्स्ट ब्याटिङ गर्दै शन्करदेबले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनायको थियो ! सन्करदेबका लागि सुनिल धमला र आयुसमान बमले समान ४४ रन, प्रदिप एरे ले २५ बलमा ५० रन बनायका थिय ! डि ए भि का बलर द्वय दिलिप यादब र सुमित झाले समान २ विकेट लियेका थिय !

प्रतिउत्तरमा दोश्रो ब्याटिङ गरेको डि ए भि आदिल खानको ३५ बलमा ७७ रन, सन्जय बस्नेतको नट आउट ३६ रन, सुमित महर्जनको नट आउट ३६ रन र गौरब खडकाको २२ रनको सहयोगमा २ विकेट गुमाउदै १७२ रन बनायपछी ८ विकेटले बिजयी रह्यो ! सन्करदेबकाका सुनिल धमला र प्रेम तामाङले समान १ विकेट लियेका थिय !

बिस्फोट ब्याटिङ गरेका आदिल खान म्यान अफ द म्याच भयका थिय !