Cricket Himalaya
Cricket News From Top of The World

कृष्ण कार्कोको बिस्फोटक अर्धसतक, न्यु होराइजन क्वाटर फाइनलमा !

घोराही, ३० फागुन ।

दाङ क्रिकेट संघको प्राविधीक सहयोग र त्रिभुबन नगर जेसिजको आयोजनामा फागुन २६ गते देखि सुरु भएको छ जेसिज कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा न्यु होराइजन क्रिकेट एकाडेमी बिजयी भएको छ।

आज भएको खेलमा कृष्ण कार्कीको ९ चौका र ४ छक्का को मदतले ५४ बलमा ७९ रनको उत्कृट इनिंग खेल्दै पब्लिक ज्ञानज्योतिलाई ३२ रनले हराउँदै आफ्नो कल्ब लाई क्वाटर फाइनलमा प्रबेश गराएका छन ।

पब्लिक ज्ञानज्योतिले टस जितेर पहिले फिल्डीङ रोजेकोमा न्युहोराइजनले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४७ रन जोडेको थियो ।

न्युहोराइजनका कृष्ण कार्कीले ७९, सुशन भारीले १५ रन जोडेका थिए भने पब्लिक ज्ञानज्योतिका विक्रक ठकुन्ना र हासिम अन्सारीले २/२ विकेट लिएका थिए ।
पब्लिक ज्ञानज्योतिले १४८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएकोमा २० ओभर खेल्दै ११५ रन जोडेको थियो । पब्लिक ज्ञानज्योतिका तर्फबाट हासिम अन्सारीले ३६भिम सार्कीले ३१ र दिपेश शाक्यले २५ रन जोडेका थिए ।

यस्तै न्युहोराइजनका सुशन भारीले ४ र गणेश गौडेलले २ विकटे लिएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कृष्ण कार्कीलाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।

प्रतियोगीताका पहिलो चरणका खेल सकिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभएको छ ।

प्रतियोगीतामा भोलीदेखि क्वाटरफाइनलका खेलहरु हुने जनाइएको छ । भोली धनगडी क्रिकेट क्लब र होलील्याण्ड नेपालगञ्ज र युएनविसी घोराही र न्युहोराइजन क्रिकेट क्लबका बीच प्रतिष्पर्धा हुने अध्यक्ष मजगैयाले जानकारी दिनुभएको छ ।