Cricket Himalaya
Cricket News From Top of The World

जेसिज कप, दाङ अन्तर्गत आज कर्णाली प्रदेश र देबदह क्रिकेट क्लब बिजयी !

घोराही, २९ फागुन ।

त्रिभुवननगर जेसिजको आयोजना तथा दाङ क्रिकेट संघको प्राबिधिक संयोजनमा सञ्चालित जेसिज कप क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०१८ अन्तर्गत मंगलबार भएको खेलमा कर्णाली प्रदेश र देबदह क्रिकेट युनिट रुपन्देही विजयी भएका छन् ।

कर्णाली प्रदेश १० रनले विजयी भएको हो भने देबदह क्रिकेट युनिट ३१ रनले विजयी भएको हो ।

पहिलो खेल : कर्णाली प्रदेश र महाकाली क्रिकेट क्लब

महाकाली क्रिकेट विरुद्ध टस जितेर पहिले कर्णाली प्रदेशले ब्याटिङ रोजेको थियो ।

कर्णाली प्रदेशले २० ओभरको खेल खेल्दै १५२ रन जोडेको थियो । कर्णालीका टेक सलामिले ५६, विशाल रावलले ३० र दिनेश पुनले १९ रन जोडेका थिए । महाकालीका सनोद भट्ट र सुरेन्द्र चन्दले १÷१ विकेट लिएका थिए । १५३ रनसहित मैदान उत्रिएको महाकालीले २० ओभरको खेल खेल्दै १४२ रन जोडेको थियो ।

महाकालीका दिनेश आग्रीले ५३ र रमेश भट्टले ३० रन जोडेका थिए भने कर्णालीका टंक सलामीले ३ र दिनेश पुनले २ विकेट लिएका थिए । पहिलो खेलमा कर्णालीका टेक सलामी म्यान अफ द म्याच घोषित भएका थिए ।

दोश्रो खेल : घोराही ग्लाडियटर्स र देबदह क्रिकेट क्लब

घोराही उप महानगरपालिकाको वडा नम्बर १७ गुलरियास्थित मैदानमा मंगलबार भएको दोस्रो खेलमा घोराही ग्ल्याइडर्सका विरुद्ध देबदह क्रिकेट युनिटले फिल्डीङ रोजेको थियो । युनिटले १२ दशमलब ३ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १४५ रन जोडेको थियो । जसमा युनिटका सुरज दराईले ६२, रमहुल भट्टराईले २० रन जोड्नुभएको थियो ।

घोराही ग्ल्याइडियरका थमन वलीले ६ र महेश लम्सालले ३ विकेट लिएका थिए । १४६ रनको लक्ष्यसहित मैदान उत्रिएको घोराही ग्ल्याइडियरले १६ दशमलब ४ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ११४ रन जोड्न सकेको थियो । ग्ल्याइडियरका तर्फबाट निराजन पुनले २० र शिशिर थापाले १९ रन जोडेका थिए भने देबदहका प्रकाश श्रेष्ठले ४, सन्दिप केसीले २ विककेट लिएका थिए ।

खेलमा देबदहका सुरज दराई म्यान अफ द म्या घोषित भएको संघका अध्यक्ष प्रदिप मजगैयाले जनाएका छ्न ।


भोलि पहिलो चरणको अन्तिम खेल होराइजन क्रीकेट एकेडेमी भैरवा र पब्लिक ज्ञानज्वति तुलसीपुर बिच हुने छ।