Cricket Himalaya
Cricket News From Top of The World

एक्स्पर्ट प्रिमियर लिग, काठमाडौ अन्तर्गत गोल्डेनगेट र पेन्टागन कलेज बिजयी !

सुमन भट्ट, काठमाडौ

तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग २०१८ को काठ्मान्डौं जिल्लाको बाह्रौ दिनको खेलमा गोल्डेनगेट कलेज र पेन्टागन कलेज बिजयी भयका छन !

पहिलो खेल : के.एम.सि कलेज र गोल्डन गेट कलेज

टस हारेर ब्याटिङको निम्तो पाएको गोल्डन गेट कलेजले २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाउदै २०३ रन बनाएकोे थियो । उस्का लागी अविनाश कर्ण ५७ रन दिनेश सापकोटाले ४८ रन जोडेका थिए । बलिङ तर्फ के.एम.सि कलेजका आयुश बानियाले २ ओभर १७ रन २ विकेट लिएका थिए ।

प्रतिउत्तरमा उत्रेको के.एम.सि कलेजले २० ओभरमा आफ्ना ७ विकेट गुमाउदै केबल ८४ रन जोड्न सफल भयो । उस्का लागी रंन्जित भण्डारीले ३४ रन र पारस रावलले १७ रन बनाएका थिए । बलिङ तर्फ गोल्डन गेटका रवि शाहले ४ ओभर १ मेडन १६ रन र ३ विकेट लिएका थिए ।

उक्त्त खेल गोल्डन गेट कलेजले ११९ रनले जितेको थियो र म्यान अफ द म्याच रवि शाह घोसित भए ।

दोस्रो खेल : नेपाल ईन्जिनिएरिङ कलेज र पेन्टागन कलेज

टस जितेर पहिलो ब्याटिङ गरेको प्यान्टागन कलेजले निधारीत २० ओभरको खेलमा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १६२ रन जोड्न सफल भएको थियोे । उस्का लागी दिपेश दासले अविजित ५७ रन र सुमन गहतराजले ४० रन जोडेका थिए । बलिङ तर्फ नेपाल ईन्जिनिएरिङ कलेजका सुबोध ढुङेल ले ४ ओभर २४ रन २ विकेट हात पारेका थिए ।

प्रतिउत्तरमा उत्रेको नेपाल ईन्जिनिएरीङ कलेजले २० ओभर खेल्दै आफ्ना ९ विकेट गुमाई केबल १५० रन जोड्न सफल भएको थियो । उस्का लागी सुबोध ढुङेलले सर्वाधिक ६० रन बनाएका थिए । बलिङ तर्फ प्यान्टागन कलेजका सुमन गहतराजले ४ ओभर २७ रन दिदै ३ विकेट लिएका थिए ।

उक्त्त खेल प्यान्टागन कलेजले १२ रनले जितेको थियो र म्यान अफ द म्याच सुमन गहतराज घोसित भएका थिय !