Cricket Himalaya
Cricket News From Top of The World

टि यु र कसमस कलेज युनिभर्सिटी क्रिकेट कपको सेमिफाइनलमा प्रबेस !

फाल्गुन २९, क्रिकेट हिमालय

टि यु मैदानमा जारी युनिभर्सिटी कप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा कसमस कलेज र टि यु “ए” बिजयी भयका छन ! कसमस कलेजले न्यु समिटलाइ ४७ रनले पराजित गरेको थियो भने टि यु “ए” ले क्यारेबियन कलेजलाइ १३६ रनले पराजित गरेको थियो !

पहिलो खेल : कसमस कलेज भर्सेस न्यु समिट कलेज

टस हारेर फर्स्ट ब्याटिङ गरेको कसमस कमल सिंह एरेको ५६, योगेन्द्र सिंह कार्किको २५ र सन्दिप जोराको २४ रनको मद्धतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनायको थियो ! न्यु समिटका जन्मेजय यादबले ४, राजेस यादब र अनुप श्रेष्ठले समान २/२ विकेट लियेका थिय !

१५० रनको लक्ष सहित दोश्रो ब्याटिङ गरेको न्यु समिट २० ओभरमा ८ विकेट गुमाउदै १०२ रन मात्र बनाउन सफल भयको थियो ! करन साहले उच्च ३१ रन बनायका थिय भने सरद खडकाको नाममा २५ रन रह्यो !

कसमसका कमल सिङ एरे प्लयेर अफ द म्याच भयका थिय !

दोश्रो खेल : टि यु “ए” भर्सेस क्यारेबियन

टस जितेर फर्स्ट ब्याटिङ गरेको टि यु इसान पान्डेको बिस्फोटक ५ छक्का र १६ चौका सहितको ७० बलमा १२६ रनको सहयोगमा २० ओभर खेल्दै ४ विकेटको छतिमा विशाल २०७ रन बनाउन सफल भयको थियो ! टि यु का लागि पृथु बास्कोटाले ३२ रन, सुबास खकुरेलले २४ रनको योगदान दियेका थिय ! क्यारेबियनको तर्फबाट तक्सका सिम्खडाले २ विकेट लियेका थिय !

विशाल लक्ष लियेर दोश्रो ब्याटिङ गर्न उत्रेको क्यारेबियन १९.३ ओभरमा अल आउट हुँदै ७१ रन मात्र बनायपछी १३६ रनले पराजित भयो ! क्यारेबियनको लागि सन्जिब अधिकारिले उच्च १६ रन, अमित कुसबाहले १४ रनको योगदान दियेका थिय ! टि यु को तर्फबाट बिक्रम सोब, सागर ढकाल र पृथु बास्कोटाले समान ३/३ विकेट लियेका थिय !