Cricket Himalaya
Cricket News From Top of The World

जेसिज कपमा योङ गन्स क्रिकेट क्लब र डि सि ए बिजयी !!

फाल्गुन २७, क्रिकेट हिमालय

त्रिभुवननगर जेसिजको आयोजना तथा दाङ क्रिकेट संघको प्राबिधिक सम्योजनमा सन्चालित ” जेसिज कप क्लब स्तरिय रास्ट्रीय क्रिकेट प्रतियोगिता, २०१८ “अन्तर्गत आज घोराही, गुलरिया स्थित मैदानमा योङ गन्स १०७ रनले र धनगढी क्रिकेट एकेडमी ६ विकेटले बिजयी भयका छन !

पहिलो खेल : इन्द्रेणी क्रिकेट क्लब भर्सेस योङ गन्स

टस हारेर फर्स्ट ब्याटिङ गरेको योङ गन्सले रितेस साहको ४२ रन र सुनिल भन्डारिको ६७ रनको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७७ रन बनायको थियो ! इन्द्रेणी तर्फ जीवन के सि ले ३ विकेट र केसब खाक्रीले १ विकेट लियेका थिय !

विशाल लक्ष पछ्यायको इन्द्रेणी १७.३ ओभरमा अल आउट हुँदै मात्र ७० रन बनाउन सफल रह्यो ! सुरज धितालले १६ रन र भुवन गैर्हेले ११ रन बनायका थिय ! इन्द्रेणीलाई सस्तैमा समेट्न योङ गन्सका अनिमेस साहको ४ विकेट महत्त्वपूर्ण रहेको थियो !

योङ गन्सका सुनिल भन्डारि म्यान अफ द म्याच भयका थिय !

दोश्रो खेल : धनगढी क्रिकेट एकेडमी ( डि सि ए ) भर्सेस घोराही क्रिकेट एकेडमी ( जि सि ए )

टस हार्दै फर्स्ट ब्याटिङ गरेको जि सि ए ले २० ओभरमा ५ विकेट गुमाउँदै जम्मा ९२ रन बनायको थियो ! जि सि ए का तर्फबाट राहुल सिंह यादबले ३४ रन, सन्देस पान्डेले १५ रनको योगदान दियेका थिय ! डि सि ए का महेस अधिकारिले उच्च २ विकेट लियेका थिय !

झिनो लक्ष लियेर दोश्रो ब्याटिङ गरेको डि सि ए, ९.४ ओभरमा ४ विकेट गुमाउदै ९३ रन बनाउदै ६ विकेटको जित हात पारेको थियो ! डि सि ए का रोमन बमले ३० रन बनायका थिय, भुवन कार्किले १९ रन बनाय भने दिपेन्द्र थापाले २० रनको योगदान दियेका थिय ! जि सि ए का विशाल के सि को नाममा २ विकेट, सुमन दसौदी र सन्देस पान्डेको नाममा समान १/१ विकेट रहेको थियो !

डि सि ए का भुवन कार्की १९ रन बनाउनुका साथै १ विकेट समेत लियेपछी म्यान अफ द म्याच भयका थिय !

भोलि होलिल्यान्ड र नेपाल स्टार क्रिकेट क्लब बिच र जय नेपाल स्पोर्ट्स क्लब र जगौर क्रिकेट क्लब बिच गरि दुई खेल रहेको जानकारी दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले दिनुभयो !