Cricket Himalaya
Cricket News From Top of The World

सुनसरी द्वारा उदयपुर ३ विकेटले पराजित !

फाल्गुन २७, क्रिकेट हिमालय

सुनसरिको इनरुवामा जारी सुनसरी प्रीमियर लिग क्रिकेट अन्तर्गत आज सम्पन्न उदयपुर र सुनसरी बिचको खेलमा सुनसरि जिल्ला क्रिकेट टिम ३ विकेटले बिजयी भयको छ !

फर्स्ट ब्याटिङ गरेको उदयपुर मो सोनु अन्सारिको ९३ रन र इमरान अलिको १८ रनको सहयोगमा निर्धारित २० ओभर खेल्दै ५ विकेटको छतिमा १५९ रन बनायको थियो ! सुनसरिका सन्दिप सुनार, मनिस दाहल, मेहबुब आलम र सरोज बस्नेतले समान १/१ विकेट लियेका थिय !

बिसाल लक्ष पछ्यायको सुनसरी स्टार प्लयेर मेहबुब आलमको ५३ रन, अफजल हुसेनको ३२ रन र आरिफ सेखको २४ रनको सहयोगमा ७ विकेट गुमाउदै १९.४ ओभरमा १६० रन बनायको थियो !

बिस्फोटक ५३ रन बनाउदै १ विकेट समेत लियेका रास्ट्रीय खेलाडी मेहबुब आलम म्यान अफ द म्याच भयका थिय !