Cricket Himalaya
Cricket News From Top of The World

युनिभर्सिटी कपमा आज सन्करदेब कलेज र कसमस कलेज बिजयी !

फाल्गुन ११, क्रिकेट हिमालय

टि यु मैदानमा जारी युनिभर्सिटी कप अन्तर्गत आज सन्करदेब कलेज ६५ रनले र कसमस कलेज ५ रनले बिजयी भयका छन !

पहिलो खेल : शन्करदेब भर्सेस युनिग्लोब

टस हारेर फर्स्ट ब्याटिङ गरेको सन्करदेब कलेज सुबेन्दु पान्डेको ४१ रन र प्रेम तामाङको २६ रनको सहयोगमा १९.४ ओभरमा अल आउट हुदै १३७ रन बनायको थियो ! युनिग्लोबका रौनक ढुङाना र निर्मलले समान ३/३ विकेट लियेका थिय !

मध्यम लक्ष लियेर दोश्रो ब्याटिङ गरेको युनिग्लोब रोवेस पान्डे र रौनक ढुङानाको समान १७ रनको सहयोगमा निर्धारित पुरै २० ओभर खेलेतापनी ८ विकेट गुमाउदै जम्मा ७२ रन बनायपछी ६५ रनले पराजित रह्यो ! सन्करदेबका राम नरेस गिरिले २ विकेट लियेका थिय !

उक्त खेलको म्यान अफ द म्याच सन्करदेबका सुबेन्दु पान्डे भयका थिय !

दोश्रो खेल : कसमस कलेज भर्सेस एन सि सि कलेज

त्यसैगरी दोश्रो खेलमा टस जितेर फर्स्ट ब्याटिङ गरेको कसमस कलेज कुसल भुर्तेलको ३९ रन, सन्दिप जोराको ३८ रन र हिमान्शु दत्तको ३३ रनको सहयोगमा ८ विकेट गुमाउदै २० ओभरमा १७० रन बनायको थियो ! एन सि सि तर्फबाट बसन्त खत्री, इन्द्रकमल मानन्धर र प्रकाश बिस्टले समान २/२ विकेट लियेका थिय !

बिसाल लक्ष पछ्यायको एन सि सि ६.१ ओभरमा २ विकेट गुमाउदै ५४ रन बनायको अवस्थामा खेल पानीले बिथोलेपछी नर्मस मेथडको आधारमा कसमस कलेज ५ रनले बिजयी भयो !