Cricket Himalaya
Cricket News From Top of The World

महिला टि-२० क्रिकेट लिगको उपाधी मिलन क्रिकेट एकेडेमिलाई !

फाल्गुन २७, क्रिकेट हिमालय

राइजिङ क्रिकेट फर वोमन द्वारा आयोजित चितवनको रत्ननगरमा सम्पन्न टि ट्वान्टी महिला क्रिकेट लिगको उपाधी मिलन क्रिकेट क्लबले जितेको छ ।

तस्बिर : आर सि डब्लु पेज

फाइनल : मिलन क्रिकेट क्लब भर्सेस ए पि एफ

शनिवार भएको फाईनल खेलमा शशस्त्र प्रहरी वल (एपिएफ) लाई २३ रनले पराजित गर्दै मिलन क्रिकेट एकेडेमीले उपाधी आफ्नो पक्षमा पारेको हो ।

उपाधी जितेको मिलनले ट्रफी सहित नगद ५० हजार रुपैँया पुरस्कार प्राप्त गरेको छ !

टस हारेर फर्स्ट व्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले रुबिना छेत्रीको नट आउट ६७ रनको सहयोगमा निर्धारीत २० ओभरको खेलमा मात्र ३ विकेटको क्षतीमा १ सय ३२ रन वनाएको थियो !

मध्यम लक्ष सहित दोश्रो ब्याटिङ गरेको एपिएफ निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ९ रन मात्र जोड्न सक्यो । मिलन क्रिकेट एकेडमिका का लागि संगीता राई र शान्ति चौधरीले समान २/२ विकेट लिए ।

लिगमा मिलन एकेडेमीकी कप्तान रुविना क्षेत्री वुमन्स अफ दि सिरिजबाट पुरस्कृत भईन् । त्यस्तै एपिएफकी कप्तान सीता राना मगर उत्कृष्ट व्याट्सवुमन्स, उत्कृष्ठ वलरमा मिलनकी शान्ती चौधरी,उत्कृष्ट फिल्डरमा मिलनकै अप्सरी वेगम र उत्कृष्ठ किपरमा मिलनकै काजल श्रेष्ठ घोषित भईन् ।